कोरोना बिरुद्ध यसो गरौं

असल शासन प्रतिनिधि

  • रमेश दवाडी –

बिश्वव्यापी कोरोना महामारी बिरुद्ध निम्न कार्यहरु गर्न जरुरी देखिन्छ ।
१) हरेक वडा कार्यालयले घुम्ती पसल संचालन गरि घर, घरमा उपभोग्य सामानहरु पुर्याउने । भाटभटेनी जस्ता सूपर मार्केटले नियमित रुपमा फ्रि होम डेलीभरी गर्ने ।
२) राहत बितरणलाई निर्बिबादित बनाउने, लक्षित समूहको पहिचान गरि पारदर्शी ढँगले राहत बितरण गर्ने ।
३) स्थानीय स्वास्थ्य संस्था (हेल्थ पोस्ट), स्वयंसेबिका, औषधी पसल मार्फत उचित दैनिक रुपमा औषधी सेवन गर्नु पर्ने व्यक्ति र अन्यलाई आवश्यक औषधी पुर्याउने व्यवस्था मिलाउने, मास्क तथा सेनेटाईजर सबैलाई उपलब्ध गराउने ।
४) आबश्यक कामको पहिचान गरी निश्चित कामका लागि निश्चित क्षेमा जान दिन अनुमती पत्रको व्यवस्था गर्ने र सो को नियमन गर्ने ।
५) स्वास्थ्य परामर्श सेवा शुरु गर्ने ।
६) बिना कारण लकडाउन उलंघन गर्नेलाई आवश्यक कार्वाही गर्ने ।
७) हरेक बस्तीलाई अनिबार्य सेनेटाईज गर्ने ।
सबै जना सचेत होऔं, सरकारको अनुरोध पालना गरौं, घर भित्रै बसौं, कोरोना बिरुद्ध एक हौं, कोरोनाबाट आफु बचौं, अरुलाई पनि बचाऔं ।

  • २५ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech