प्रहरीको त्यो बर्बरता

असल शासन प्रतिनिधि

– नमस्कार शाह –

कुरा आजकै दिन अर्थात २०५९ चैत्र २८ गतेको हो, म आफ्नो काम सकेर नेपालगञ्जको गर्डियनपुर स्थित कार्यालयबाट गोसाईगाउँ स्थित निबासमा फर्किदै थिएँ । त्यति खेर पेट्रोलियम पदार्थकोे मूल्यबृद्धिको बिरोधमा ८ बिद्यार्थी सँगठन चरणबद्ध आन्दोलनमा थिए । उक्त दिन देशैभर बल्याक आउटको कार्यक्रम थियो । सोही कार्यक्रम अनुसार नेपाल बिधुत प्राधिकरण नेपालगञ्ज शाखामा बल्याक आउट गर्न (बत्ति निभाउन) बिद्यार्थीहरु जम्मा भएका थिए । बिद्यार्थीहरु बिधुतको गेट भन्दा भित्र प्रबेश गर्न खोज्दै थिए भने प्रहरीहरु प्रबेशमा रोक लगाईरहेका थिए । त्यहि क्रममा त्यहाँ नाराबाजी समेत हुँदै थियो । यो आन्दोलनको रिर्पाेर्टिङ्ग गरि म निबास तर्फ फर्किर्दै गर्दा प्रहरी र बिद्यार्थी बिच झडप भयो । म झडप भएको ठाउँ भन्दा करिब एक किलो मिटर टाढा पूगिसकेको थिएँ । एक्कासि तीन जना प्रहरी म माथि जाई लागे । आफु पत्रकार भएको परिचय दिंदा दिदैं उनीहरुले मलाई निर्घात कुटपिट गरे । उनीहरुले एकोहोरो रुपमा बन्दुकको कुन्दा र बुट बर्षाएपछि म सडकमैं बेहोस भएछुँ । उता त्यहि दिन पत्रकार जनक नेपाललाई प्रहरीले समाचार संकलन गर्ने क्रममैं कुटेको रहेछ भने बजारमा हिँडिरहेका पत्रकार बेद प्रकाश तिमिल्सिनालाई अनाहकमा नियन्त्रण लिएको रहेछ ।

प्रहरीको कुटाईबाट म बेहोस भएपछि मलाई प्रहरीले लछार्दै ट्रकमा हालिसकेपछि मात्र म होसमा आएछु, होसमा आउँदा त्यहाँ दुई दर्जन बढि बिद्यार्थीहरुसँगै मलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थाहा पाएँ । संकटकालको बेला थियो, प्रहरीले जे गरेपनि हुने अवस्था थियो त्यति खेर । हामीलाई गाई बाख्रा, कोचे जसरि कोचेपछि हाम्रा खुट्टा माथि तीन, चार वटा शाईकिल राखियो। शाईकिल हटाउन प्रहरीलाई भन्ने हिम्मत कसलाई त्यति खेर ?, गोद सालेहरुलाई त्यहिँ उभिएका प्रहरी मध्ये कसैले भन्न नपाउँदै दुई, तीन जना प्रहरी हामी सबैलाई गोरु चुटेझैं बन्दुकका कुन्दा र बुटले चुट्न थाले । तर त्यहिँ रहेका कुनै अर्काे प्रहरीले गाडी भित्र नकुट्न भनेपछि लामो कुटाई खानबाट हामी बच्यौं । ससस्त्र प्रहरीको सम्शेरगञ्ज स्थित गणमा हामीलाई लग्ने भनिएपनि हामीलाई त्यहाँ नलगि त्यति खेरको वडा प्रहरी कार्यालय फुल्टेक्रामा लगियो ।

जहाँ पूग्ने बित्तिकै बढि घाईते भएकाहरुलाई छुट्टै बोलाईयो र भनियो — रगत लागेका कपडा पनि धुने, घाउ पनि धुने । कसले यसो भन्यो, ठम्याउन नसके पनि उनीहरुको नियन्त्रणमा रहेका हामीहरुले उनीहरुले भनेको नमान्नुको अर्काे बिकल्प थिएन । हामीले त्यसै गर्यौं। अनि हामी सबैलाई हिरासतमा राखियो । सबै भन्दा बढि घाईते म रहेछुँ, बन्दुकको कुन्दा र बुटले म निर्धात कुटिएको थिएँ, शरिर भरि चोट थियो, अनुहारमा अलि बढि चोट थियो, जहाँबाट रगत बगिरहेको थियो र दुई वटा मेरो दाँत भाँचिएका थिए ।

त्यति बेला करिब साढे ९ बजि सकेको थियो । म लगाएत बढि घाईते भएका दुई, तीन जनालाई प्रहरीले बाहिर बोलाएर अस्पताल लैजाने बताएर गाडी चढ्न भन्यो । मैले म पत्रकार हुँ, म आन्दोलनसँग असँलग्न व्यक्ति हुँ, मलाई छाडिदिनुहोस्  भनि परिचय पत्र देखाएँ । उनीहरुले यो देशमा सबै पत्रकार छन्, छाड्न मिल्दैन  भने । त्यसो भए मेरो घरमा खबर गरिदिनुहोस् भनें मैले । धेरै हल्ला गर्ने होईन, खुरुक्क गाडी चढ पछाडीबाट कसैको आवाज आयो । गाडीमा चढेपछि हामीलाई अस्पताल नलगि औद्योगिक क्षेत्र अगाडी चोरी भएको स्थानमा लगियो, त्यहाँ केही बेर राखेपछि बल्ल अस्पताल लगियो । त्यहाँ सामान्य चेकजाँच गराएपछि हामीलाई पुनः वडाको हिरासतमा लगियो । हिरासतमा म सँगै बिद्यार्थी नेताहरु रत्न खत्री, प्रशान्त बिष्ट, सतिष निरौला, द्रब्य शाह, केशब कोईराला लगाएत थिए ।

मलाई प्रहरीले अन्धाधुन्ध आक्रमण गरि हिरासतमा राखेपनि यसको जानकारी माथिल्लो निकाएमा पुगेपछि मलाई बिना शर्त तत्काल छाडिदिने आशामा म थिएँ । किनकि मलाई त्यति खेरका प्रमुख जिल्ला अधिकारी डिल्लिराज जोशी, प्रहरी उपरिक्षक लगाएतले राम्रैसँग चिन्दथे तर अहँ त्यसको कुनै संकेत देखिएन, अबेर भईसक्दा पनि । रात छिप्पिदै गयो, चोट बल्झिन थाले, भोक पनि लाग्न थाल्यो तर के गर्ने ?, करिब ११ बजे प्रहरीले कहाँबाट बासी समोसा र छोला ल्याएर दियो । बिद्यार्थी साथिहरुले राम्रैसँग खाए, मैले चाहिँ कसरी खानु, मुखै भरिको चोट र भाँचिएका दाँतले । भोक आफै हराएर गयो ।

त्यहि बेला जिल्ला प्रशासन कार्यालय बाँकेमा कार्यरत प्रशासकिए अधिकृत हरि प्याकुरेलको फोन आएछ मलाई छाडी दिन भनेर तर कहाँ मान्थ्यो प्रहरी ?, त्यसपछि तारान्तर मलाई छाडिदिन ठाउँ—ठाउँबाट फोन आउन थालेपछि प्रहरीले म माथि झन निगरानी बढाएर धेरै केरकार गर्न थाल्यो । यसैगरी त्यो दिनको रात बित्यो ।

बिहानै मलाई भेट्न मेरो दाई र साथीहरु आउनु भएको रहेछ तर प्रहरीले भेट्न दिएन । दिशा, पिशाब गर्न जाँदा पनि प्रहरीले हैरान पाथ्र्याे, सँगै प्रहरी पठाउँथ्यो पछि, पछि । केही समय पछि नेपाल पत्रकार महासँघ, बाँकेका अध्यक्ष निरज गौतम मलाई भेट्न आउनु भयो । सामान्य सोधपुछ गर्दै वहाँले नआत्तिनु तिमीलाई हामी छुटाउँछौं भनेपछि म मा अलि आशा जाग्यो । वहाँ फर्किनु भयो, प्रहरी छोड्ने कुनै सुरसार गरे, म आत्तिएँ । पटक, पटक हामीलाई बिभिन्न बाहानामा प्रहरीले टर्चर गरिरहेको थियो ।

प्रहरी हिरासतमैं बसेको पनि करिब १४ घण्टा बित्न थालिसकेको थियो । त्यहि बेला पत्रकारहरु जनक नेपाल र कृष्ण अधिकारीहरु भित्र आउँदै गरेको मैले देखें, थप आशा जाग्यो, केही समयपछि एक जना प्रहरीले मलाई कार्यालयमा आउन भन्यो र लगेर गयो । त्यहाँ एउटा कागजमा हस्ताक्षर गर्न भनियो, मैले हस्ताक्षर गरें, पत्रकार नेपाल र अधिकारीको रोहबरमा मलाई हिरासतमा लिएको १५ घण्टा पछि प्रहरीले चेतावनीको भाषा बोल्दै छाड्यो । मलाई अहिले पनि त्यो क्षण याद छ, म प्रहरी हिरासतबाट घर फर्किदा मेरो खुट्टामा चप्पल थिएन, चप्पल बिनै म जनक नेपाल दाईको बाईकमा चढेर निबास तर्फ गएको थिएँ । मेरो घाईते अनुहार हेरेर घर परिवार दुःखी नहोस् भनेर केही भएको छैन भन्दै हाँस्दै गएँ । मलाई भेट्न धेरै आफन्त र साथिहरु मेरो निबासमा जम्मा हुनु भएको थियो । केही समयको बिश्राम पछि मलाई उपचार गर्न अस्पताल तर्फ लगियो । करिब १ महिना म बेड रेष्टमा रहें । सो क्रममा सयौं शुभचिन्तकहरु मलाई भेट्न आउनु भयो । उता नेपाल पत्रकार महासँघ लगाएत बिभिन्न सँघ, सँस्थाहरुले म माथि भएको प्रहरी दमनको बिरोध गर्दै दोषीलाई कार्बाही र पीडीतलाई क्षतिपूर्तिको माग गर्दै आवाज उठाए तर कहिँ, कतैबाट सुनुवाई भएन ।

म स्वयं र मेरा बुवा, मुवा र दाजुले पनि सोही माग गर्दै जिल्ला प्रशासन कार्यालय, बाँके, राष्ट्रिय मानब अधिकार आयोग, प्रधानमन्त्रिको कार्यालयमा उजुरी दर्ता गरायौं तर कसैले टेरपुच्छर लगाएन । पत्रकारिता गर्ने र भ्रष्टाचार बिरुद्ध अभियान सञ्चालन गर्ने क्रममा बिभिन्न सुरक्षा अधिकारीहरुका बारेमा समाचार सम्प्रेषण गर्ने बाहेक म कुटिनु पर्ने कुनै कारण थिएन तर म अनाहक कुटिएँ, किन कुटिएँ, कसको निर्देशनमा कसले कुट्यो, यी सबै बिषय अझै गर्भमैं छन् । घटना घटेको १७ बर्ष पूगिसक्यो, मेरो उजुरीका बारेमा पटक—पटक राष्ट्रिय मानब अधिकार आयोगले म लगाएत सरोकारवालाहरुसँग बयान लियो, सो घटनामा प्रहरीको गल्ति देखाउँदै दोषीलाई कार्बाही गर्न र मलाई क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेकै पनि ८/९ बर्ष बितिसक्यो, अहँ न त दोषीलाई कार्बाही भयो न त क्षतिपूर्ति नैं पाईयो । बरु प्रहरीको बौलठ्ठिपनाका कारण लागेका चोटहरु बेला—बेलामा बल्झिन्छन् र बल्झाउँछ त्यो प्रहरीको बर्बरता र अचाक्लि । दाह्रा किटेर ति दोषीहरुलाई गाली गर्न बाहेक अरु के नैं गर्न सकिन्छ र कानुनी राज नभएको सतिले सरापेको देशमा ?

  • २८ चैत्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech