कोरोना बिरुद्ध बासको सहकार्य, कोषमा बासद्वारा सहयोग

असल शासन प्रतिनिधि

बाँके/बिश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) बिरुद्ध राहत कोष बनाएर काम गरिरहेका बाँकेका ८ वटा पालिकाहरुलाई बासले ८० हजार रकम सहयोग गरेको छ ।

बासले ८ वटै पालिकाहरुलाई १०/१० हजार रकमको चेक  छुटुटा, छुट्टै हस्तान्तरण गरेको हो ।

मानविय भावना र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसाथ गरि बासले केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, कार्यसमिति सदस्यहरुको सहयोग र आन्तरीक स्रोतबाट सो सहयोग गरिएको हो ।

बैशाख २ गते बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला र निबर्तमान अध्यक्ष मन भण्डारीले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद साह, प्रमुख प्रशासयिक अधिकृत मणिराम खराल र डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायलाई पालिका कार्यालयमैं पुगि चेक हस्तान्तरण गरेका थिए ।

त्यसैगरी बासका कार्यकारी निर्देशक नमस्कार शाह र निर्देशक हेमराज भट्टले जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री, खजुरा गाउँपालिकाका अध्यक्ष किश्मत कुमार कक्षपति, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर के.सी. र बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी बि.क.लाई चेक हस्तान्तरण गरेका थिए ।

त्यसैगरी बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहरा र असल शासन कार्यकर्ता शुद्ध चौधरीले कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र भारति र राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनि कुमारी खत्रीलाई चेक हस्तान्तरण गरेका थिए ।

पालिकाले स्थापना गरेको कोरोना बिरुद्धको कोषमा रकम सहयोग गरि पालिकाहरुले गरिरहेको कार्यमा संस्थागत सहकार्य गरेको बासका अध्यक्ष रमेश सिटौलाले बताए ।

  • ५ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech