नबिन र हस्तले गरे ठाँटिकाँधलाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि दैलेखको ठाँटिकाँध गाउँपालिकालाई आवाश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

ठाँटिकाँध गाउँपालिका वडा नं. ६ घर भइ हाल बाँकेको कोहलपुरमा बस्दै आएका नेपाल क्रान्तिकारी बिद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष नविन कुमार शाही र राष्ट्रिय वाणिज्य बैंक विशाल बजार काठमाण्डौमा कार्यरत सहायक शाखा प्रवन्धक हस्त बहादुर शाहीले संयुक्त रुपमा ५० हजार मुल्य बरावरको स्वास्थ्य सामाग्री गाउँपालिकालाई सहयोग गरेका हुन् ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गाउँपालिकालाई अत्याब्यश्यक स्वास्थ्य सामग्रीको आवश्यक्ता महशुस गर्दै ३ लिटर सेनिटाईजर, २० थान केएन ९५ मास्क, २०० थान सर्जिकल मास्क, १० प्याकेट गोलोव्स र ३ थान आइआर थर्मामिटर गाउँपालिकालाई हस्तान्त्रण गरिएको हस्त बहादुर शाहीले जानकारी दिएका छन् ।

नेपाल मजदुर किसान पार्टी तोलिजैसी गाविसका पुर्व अध्यक्ष समेत रहेका नविन कुमार शाहीले ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र भण्डारीलाई शनिबार उक्त सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।

सो क्रममा विपदको समयमा ब्यक्तिगत लगानीबाट भएको सहयोगले गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा थप सहयोग पुग्ने ठााटिकाँध गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र भण्डारीले बताए ।

  • १३ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech