तुर्माखाँद गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

असल शासन प्रतिनिधि

अछाम/कोरोना भाईरस (कोभिड-१९) को सम्भावित संक्रमण रोकथाम, नियन्त्रणका लागि अछामको तुर्माखाँद गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र बिकास समिति तुर्माखाँद गाउँपालिका नागपर्वत नाडा अछामले गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

पालिकालाई डिस्पोजेवल मास्क, व्याक्टेरिया मास्क, कपडाको मास्क, सेनिटाईजर, पिपिई, ग्लोब्स लगाएतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

नेपालगन्जमा स्वास्थ्य सामाग्री संकलन गरि अछाम पुगेर बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र बिकास समिति तुर्माखाँदका अध्यक्ष लोकेन्द्र बहादर शाहले गाउँपालिका अध्यक्ष पुष्पराज शर्मालाई उक्त सहयोग हस्तान्तरण गर्नु भएको हो ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष शाहले बिगत देखि बिभिन्न सहयोगहरु गर्दै आएको संस्थाले कोरोनाको महामारी बिरुद्ध नेपालगञ्जमा सामाग्री जुटाई हस्तान्तरण गरिएको बताउनु भयो ।

केही महिना अघि यु.के.मा रहेको फ्रिडम किट व्याग्सको सहयोगमा २५० जना महिलाहरुलाई किट व्याग्स बितरण गरेको उल्लेख गर्नुहुँदै शाहले बिश्व व्यापी कोरना भाईरस महामारीको रुपमा बिश्वभरि फैलिएको अवस्थामा कोरोनाबाट बच्नका लागि संस्थाबाट सन्देशमुलक अपिल प्रकाशन गरि बितरण गरिएको बताउनु भयो ।

वहाँले संस्थाको आफ्नै श्रोतका साथै बिभिन्न व्यक्तिहरुको सहयोगमा स्वास्थ्य सामाग्री खरिद तथा संकलन गरि तुर्माखाँद गाउँपालिका मार्फत पालिकावासीहरुलाई सहयोग गरेको बताउनु भयो ।

सहयोग ग्रहण गर्दै तुर्माखाँद गाउँपालिका अछामका अध्यक्ष पुष्पराज शर्माले अहिलेको बिषम परिस्थितीमा संस्थाले सहयोग गरेकोमा आभार व्यक्त गर्नु भयो । वहाँले बिगत देखि संस्थाले सहयोग गर्दै आएको उल्लेख गर्दै भावी दिनहरुमा पनि सहयोग र सहकार्यको अपेक्षा गर्नु भयो ।

गाउँपालिका कार्यालयमा गरिएको सहयोग हस्तान्तरणमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भण्डारी, अन्तराल मिडियाका प्रमुख कार्यकारी जयनारायण शाह लगाएतको उपस्थिती रहेको थियो ।

स्वास्थ्य सामाग्री संकलनका क्रममा द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, अधिबक्ता लोक बहादुर शाह, नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष सफिक बेहना, पूर्ण तारा फाउन्डेसनकी अध्यक्ष तारा रोकाय, बासकी साधारण सदस्य गिता खत्रीले सहयोग गरेको संस्थाले जनाएको छ ।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech