विद्युत सेवा १५ घण्टापछि सुचारु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कर्णाली प्रदेशको राजधानी सुर्खेत सहितका ५ जिल्लाको विद्युत सेवा १५ घण्टा पछि मगंलबार बिहान देखि सुचारु भएकोछ ।

सुर्खेत–कोहलपुर ३३ केभी प्रशारणलाइनमा आएको समस्या निराकरण गर्दै १५ घण्टापछि विद्युत सेवा सो क्षेत्रमा पुनः सुचारु भएको हो । त्यस प्रशारण क्षेत्रमा पर्ने कोहलपुर तथा सुर्खेत वितरण केन्द्रको आपसी समन्वयले त्यसरी सुचारु बनाइएकोछ ।

सोमबार साँझ ७ बजेदेखि प्रशारण लाइनमा समस्या आएपछि कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, सल्यानको सल्ली क्षेत्र, पश्चिम रुकुम जिल्लामा विद्युत सेवा अवरुद्ध थियो ।

प्रशारण लाइन क्षेत्रको अनुगमन र त्रुटि पत्ता लगाउन रातीनै प्रयास थालेपनि बिहान मात्र सुधार सम्भव बन्दै बिहान १०ः१५ बजेदेखि पुनः सुचारु हुन सकेको जनाइएकोछ ।

त्यसरी उक्त महत्वपूर्ण क्षेत्रमा यथासक्य छिटो सेवा प्रवाहका लागि सुर्खेत वितरण केन्द्रका दक्ष जनशक्तिले आफ्नो तर्फको लाइन जाँच गरे भने यता कोहलपुर–चिसापानी क्षेत्रमा कोहलपुर वितरण केन्द्रका जनशक्ति सुधारका लागि परिचालित भएका थिए ।

सुर्खेतको टिम यता आउँदा सेवा प्रवाहमा थप ढिलाइ हुन्थ्यो, त्यसैले कोहलपुरको टिमले सहयोग गरेको कोहलपुर वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीले बताए । सुर्खेतको टिम बबई लगाएतको सेक्सन र कोहलपुरको टिमले चिसापानी– कोहलपुर सेक्शन सही गर्यो– प्रमुख रुपाखेतीले भने ।
कोहलपुरको एकतानगर क्षेत्रमा तार चुँडिएर सो प्रशारण अवरुद्ध भएको मुख्य त्रुटि भेटिएपछि त्यो मर्मत गरिएसंगै सबै सेक्शन किलियर गर्दै पुनः उक्त प्रशारण लाइन सुचारु भएको संग्लन कर्मचारी केवलराम डाँगीले जानकारी दिए ।

लकडाउनको बेला कम जनशक्तिका बाबजुद प्रशारण लाइन मर्मतमा पनि जुट्नुलाई सह्रानीय मानिएकोछ ।

  • २३ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech