कोरोना महामारीमा सुशासन

असल शासन प्रतिनिधि

– नमस्कार शाह- 

बिश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाका कारण बिश्वमै सन्त्रास छ । यसबाट बिकासोन्मुख राष्ट्रहरु मात्र होईन, अल्पबिकसित, बिकसित राष्ट्रहरु समेत प्रभावित छन् । यो बिपत्ति हो, बिपत्तिमा सबैको सहयोग र साथ जरुरी छ । यो अरु जस्तो बिपत्ति नभएका कारण खवरदारीमा समस्या हुन सक्दछ । यो बिषम परिस्थितीमा सुशासनको सवाल ओझेलमा पर्ने सम्भावना रहेको छ । तसर्थ निम्न कुराहरूमा सरोकारवालाहरुरूले तत्काल ध्यान दिनु पर्दछ ।

१) सूचनाको पहुँचको दायरा बढाउनेः
– यो बिषम परिस्थितीमा सूचना माग्ने अवस्था हुँदैन तसर्थ सरकारले कोरोनाको अवस्था देखि, उपचार, राहत लगाएतका सबैमा लाग्ने खर्च खुलाशा गर्नुपर्दछ ।
–  सरकार आफै सक्रिय भएर स्वस्फूर्त सूचना प्रकाशन, प्रशारण गर्नुपर्दछ ।
– आम सञ्चार माध्यम वेवसाईट लगाएत सामाजिक सञ्जाल, ई–बुलेटिनहरूको व्यापक उपयोग गर्नुपर्दछ ।

२) राहत वितरणमा पारदर्शिता :

राहतलाई प्रभावकारी, पारदर्शी बनाउनु पर्दछ । राहतमा सहयोग गर्ने व्यक्ति, संघ, संस्था, राहत प्राप्त गर्ने व्यक्तिहरूको नाम, नामेशी नियमित अद्यावधिक गर्नु पर्दछ । सम्भव भए सम्म यसलाई अनलाईन प्रणालीमा लैजानुपर्दछ ।

३) नियम कानुनको कार्यान्वयन :

बिषम परिस्थितीको कारण जनाउँदै प्रकृयाहरू अवलम्वन नगर्ने र हचुवाका भरमा नियम, कानुनको उलंघन गर्ने कार्य तर्फ कडा रुपमा रोक लगाउनुपर्दछ ।

४) नियमनकारी निकायको सकृयता :

कोरोना नियन्त्रणका लागि भएका प्रयासहरूमा हुन सक्ने सम्भावित अनियमितताका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र लगाएतका निकायहरू चनाखो हुनुपर्दछ ।

५) कोरोना नियन्त्रणमा प्रभावकारी एकद्वार प्रणाली :

सरकारको एकद्वार प्रणालीलाई प्रभावकारी बनाईनु पर्दछ । एकद्वार प्रणाली मार्फत कोरोना नियन्त्रणका कार्यहरू हुनु पर्दछ । जसमा नागरिक संलग्नता (citizen engagement) पनि सुनिश्चित गर्नुपर्दछ ।

६) सकृय हेल्लो सरकार :

सुशुप्त अवस्थामा रहेको हेलो सरकारलाई यो बेला सशक्त बनाई आम नागरिकहरूका गुनासाहरू सुनुवाई गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

७) अनियमिततामा निष्पक्ष छानविन :

अहिलेको अवस्थामा हुने अनियमितता, भ्रष्टाचार जस्ता घटनाका बिषयमा तत्काल निष्पक्ष छानविन हुनु पर्दछ ।

 

  • २५ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech