बजेट बारे जानकारी गराउँदै बास

असल शासन प्रतिनिधि

स्थानीय सरकारको बजेट बारे स्थानीयहरुलाई जानकारी गराउँदै बासकी सहजकर्ता शोभा थापा मगर ।

नेपालगञ्ज/स्थानीय सरकारको बजेटका बारेमा स्थानीयहरु जान्न चाहन्छन् तर उनीहरुलाई बजेटको बारे कहाँ जानकारी पाउने ? भन्ने बारे थाहा हुँदैन । यहि कुराको महसुस गर्दै भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले एकाउण्टबिलिटि ल्यावसँगको सहकार्यमा यस आ.ब.को शुरुवातमा स्थानीय बजेटलाई खुलाशा गर्न वडा कार्यालयहरुलाई सहयोग गरेको थियो भने बासका सहजकर्ताहरु स्थानीयहरुको घरदैलोमै पुगि वडाको बजेटका बारेमा जानकारी दिएका थिए । जसबाट आफ्नो वडाको बजेट बारे स्थानीयहरु जानकार हुनुका साथै वडाको बजेट बिनियोजन, खर्च बारे चाँसो राख्न शुरु गरेको स्थानीयहरुको भनाई रहेको छ ।

  • २७ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech