राष्ट्रिय गौरबको आयोजना प्रभावित

असल शासन प्रतिनिधि

छबिलाल सुनार
सुर्खेत/राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाईभर्सनको काम चैत्र महिना देखि ठप्प छ । कोरोनाका कारण आयोजनाको काम ठप्प भएको हो ।

कोरोना संक्रमणको जोखिम, प्रयाप्त प्राविधिक, कामदार, कच्चा पदार्थ र आवासको उपलब्धता नहुँदा काम पुर्णतया प्रभावित भएको छ ।
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु सुचारु गर्ने भनेता पनि बबई डाईभर्सनको काम सुचारु हुन सकेको छैन ।

नेपाल सरकार उर्जा, जलस्रोत र सिंचाई मन्त्रालय जलस्रोत र सिचाई बिभाग अन्तरगत संचालित भेरी बबई डाईभर्सन बहुउद्देश्यिय परियोजना सुर्खेतको डाईभर्सन, सुरुङको मुहान निर्माण र पावरहावस निर्माण गर्न बाँकी छ ।

आयोजनको काम गर्ने जिम्मेवारी पाएको गुवाङडोङ योन्टीएन–रमन जेभी कन्ट्रकसन काठमान्डौ नेपालले २०७६ श्रावण ३० देखी २०८० श्रावण २८ सम्म कुल बजेट रु ६ अरव १६ करोड ५१ लाख २५ हजार ७ सय ७५ रुपैंयाँ ८९ पैंशा मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । परियोजनाबाट अपेक्षित ४६.८ मेघावाट र ५१ हजार हेक्टर बाँके र बर्दियाको जमिनमा सिँचाई सुविधा हुने लक्ष्य लिईएको छ । परियोजनाको सुरुङ १२ कि.मी.को रहेको छ ।

परियोजना अन्तरगत हाल निर्माणाधिन रहेका कफरड्याम संरक्षण, डाईभर्सन सडक निर्माण र क्रसर को कामहरु प्रभावित छन् । परियोजना निर्माणका साईड ईन्चार्ज दिलिप गुरुङ्ग भन्छन् –आवासको काम सम्पन्न नहुँदा बसाईमा समस्या छ ।

लकडाउनमा काम नगर्र्न भन्दै स्थानीयहरुले काम रोक्न दवाव दिएको उनी बताउँछन् । अत्यावश्यक सामानहरुको ढुवानी गर्न पासको आवश्यकता पर्ने भएता पनि सम्वन्धित निकायबाट पास नपाएको उनको भनाई रहेको छ ।

बर्षातको समय नजिकैदैछ, बर्षातमा भेरी नदिको सतह बढ्छ –उनले भने – सतह बढेको बेला काम हुँदैन । समयमै काम सुचारु नभएको नभएमा परियोजनाले ठुलो क्षति व्यहोर्नुपर्ने उनी वताउँछन् ।

परियोजनाका कामदार, मिस्त्री र कर्मचारीहरुको बसोबासका लागि आवास क्षेत्र निर्माणको क्रममा रहेको छ । आवास क्षेत्र निर्माण कार्य सम्पन्न नहुँदा परियोजनामा कार्यरत कर्मचारी, मिस्त्रीहरुलाई बसाईको समस्या छ । हिमालयन प्रि फाईभ कम्पनी काठमान्डौले आवास निर्माण गरिरहेको छ । स्थानीयले कोरोना संक्रमणको जोखिम हुने भन्दै काम गर्ने कामदारलाई घर फर्कार्ई दिँदा आवासको काम हुन नसकेको हिमालयन प्रि फाईभ कम्पनीका दिनेश अधिकारी बताउँछन् ।

परियोजना क्षेत्रका स्थानीबासीहरु भने परियोजनाको काममा स्थानीयहरुलाई काममा नराखि बाहिरबाट कामदार ल्याउने गरेकाले जोखिमको डरले काम गर्न नदिएको बताउँछन् ।

परियोजना संचालित भेरीगंगा नगरपालिका वडा नं ११ का वडा सदस्य नरबहादुर बस्याल भन्छन– कोरोनाका जोखिमलाई ध्यान दिई परियोजनाको काम शुरु गर्न सकिन्छ । यसैगरी परियोजनामा हाल कार्यरत रहेका १०५ जनाको कोरोेना परीक्षण गर्नुपर्ने माग समेत स्थानीयहरुको छ ।

  • २९ बैशाख २०७७, सोमबार प्रकाशित

  • Nabintech