कोरोना भाइरस बिरुद्ध गैससहरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको संयोजनमा कोरोना भाइरस (कोभिड १९) को समयमा गैससहरुको भुमिका विषयक अनलाइन बैठक बैशाख ३० गते सम्पन्न भएको छ ।

बैठकमा प्रमुख बक्ताको रुपमा सहभागि भएका गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले कोभिड १९ बिरुद्ध नेपाली गैससहरुले संस्थागत सहकार्य गरेको बताए ।

उनले सरकारको निर्देशन पालना गर्दै मानविय भावनाबाट नेपाली गैससहरुले सरकारलाई सहयोग गरेको बताए । महासंघमा आबद्ध गैससहरुले यस बिषम परिस्थितीमा जनचेतना जगाउने, राहतका लागि सरकारलाई सघाउने कार्यका साथै मानव अधिकार अवस्थाको अनुगमनको काम गरिरहेको उनले बताए ।

उनले महासंघकै प्रश्तावमा राष्ट्रिय मानव अधिकार आयोगको नेतृत्वमा महासंघ लगाएत नागरिक समाज संस्थाहरुको सहभागितामा बिभिन्न स्तरका मानव अधिकार अवस्था अनुगमन समिति गठन भई देशभरको मानव अधिकारको अनुगमन भईरहेको बताए । उनले कोरोनाको नियन्त्रण पश्चात सबै गैससहरुले आ-आफ्ना कार्यक्रम, परियोजनामा परिमार्जन गर्दै कोरोना लक्षित गर्न आह्वान गरे । उनले भने– सबैले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाउन जरुरी छ ।

अध्यक्ष लामाले रोजगारी सृजना गर्ने, जोखिममा रहेका बर्गहरुको उत्थान गर्ने, लैंगिक संबेदनशिलतालाई ख्याल गर्ने कुरामा अव नागरिक समाज संस्थाको ध्यान जानु पर्ने बताउँदै यो बिषम परिस्थितीमा हुन सक्ने अनियमितता, भ्रष्टाचार बिरुद्ध चनाखो हुन जरुरी रहेको उल्लेख गरे । गुनासो संकलन, सुनुवाईका लागि पहलका साथै राहत बितरणको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताका लागि खवरदारी गर्न समेत उनले आग्रह गरे ।

महासंघ बाँकेका सचिव आशिष बर्माले सहजिकरण गरेको कार्यक्रममा अध्यक्ष नमस्कार शाहले महासँघद्वारा बाँकेमा भएका कार्यहरु र महासंघले गर्ने भावि कार्यका बारेमा बोलेका थिए । बैठकमा महासंघका सल्लाहकार रबिन्द्र कर्ण, थर्ड एलाईन्सका आलम खान लगाएतले बोलेका थिए । बैठकमा १८ बढि गैससकर्मीहरुको सहभागिता रहेको थियो ।

  • ३० बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech