गजल

असल शासन प्रतिनिधि

 

छिमेकीले सिमा खन्दा के गर्दै छ सरकार ?
परिवर्तित नक्शा बन्दा के गर्दै छ सरकार ?

हाम्रो देशको सान माथि गिद्दे नजर लाउँदै
सगरमाथा मेरो भन्दा के गर्दै छ सरकार ?

गौतम बुद्ध, जल, जमिन अनि जडिबुटी
हडप्नलाई एक एक गन्दा के गर्दै छ सरकार ?

पुर्खाहरुको रगतले सजिएको नेपाल
लुछ्नलाई स्याल जाग्दा के गर्दै छ सरकार ?

छाति माथि डोजर चल्दा हाम्री नेपाल आमा
बचाउ भन्दै गुहार माग्दा के गर्दै छ सरकार ?

                                            –  मुना बिष्ट
                                             नेपालगन्ज

  • ४ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech