गैसस महासंघ नेपालद्वारा १ लाख १० हजार सहयोग

असल शासन प्रतिनिधि

बाँके/बिश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) बिरुद्धको राहत कोषमा गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाले १ लाख १० हजार रकम सहयोग गरेको छ ।

बाँकेका ८ वटा पालिकाहरुलाई १०/१० हजारका दरले ८० हजार र संघिय सरकारले स्थापना गरेको राहत कोषका लागि गैसस महासंघ नेपालको केन्द्रीय कार्यालयलाई रु. ३० हजार सहयोग पठाईएको छ । केन्द्रले देशभरबाट संकलित रकम एकमुष्ट रुपमा नेपाल सरकारलाई प्रदान गर्नेछ ।

महासंघले ८ वटै पालिकाहरुलाई १०/१० हजार रकमको चेक आज छुटुटा, छुट्टै हस्तान्तरण गरेको छ भने संघिय सरकारले स्थापना गरेको राहत कोषका लागि गैसस महासंघ नेपाल केन्द्रीय कार्यालयको खातामा रु. ३० हजार जम्मा गरिएको छ ।

मानविय भावना र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसाथ गरि महासँघमा आबद्ध गैससहरुको सहयोगमा महासंघले सोे सहयोग प्रदान गरेको हो ।

महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, सचिव आशिष बर्मा, सदस्य अभिराज क्षेत्री, सल्लाहकार तेज बिक्रम शाहले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरलाई १० हजारको चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी महासंघका कार्य समिति सदस्य शंकर न्यौपाने र निर्मला सुनारले संयुक्त रुपमा कोहलपुर नगरपालिकाकाका प्रमुख लुट बहादुर रावत र बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचाल ठकुरीलाई रु. १०/१० हजारको चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी महासंघका कार्य समिति सदस्य सुर्यलाल यादव र लोक बहादुर परियारले जानकी गाउँपालिकाका प्रमुख राम निबास यादव, खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया बि.क., डुडुवा गाउँपालिकाकाका योजना शाखा प्रमुख मान बहादुर बोगटि र नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुलाई चेक हस्तान्तरण गरेका थिए ।

उता राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतलाई महासंघका तर्फबाट बासका सहजकर्ता बिनकलाल थारुले रु. १० हजारको चेक हस्तान्तरण गरेका थिए । सबै पालिकाहरुमा पुगेर सहयोग हस्तान्तरण गरिएको हो ।

पालिकाले कोरोना बिरुद्धको कोषमा रकम सहयोग गरि स्थानीय सरकार र संघिय सरकारले गरिरहेको कार्यमा महासंघबाट संस्थागत सहकार्य गरिएको महासंघका अध्यक्ष नमस्कार शाहले बताए । गैससहरुले प्रत्यक्ष रुपमा पालिकाहरुलाई आर्थिक तथा स्वास्थ्य सामाग्रीहरु सहयोग गरिरहेका छन् –शाहले भने–बिपतको बेला महासंघले पनि सरकारसँग सहकार्य गरेको छ ।

  • ७ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech