लकडाउनको प्रभाव, तरकारी बारीमै सड्दै

असल शासन प्रतिनिधि

छविलाल सुनार

सुर्खेत/ नेपालको अर्थतन्त्र र जिविकोपार्जनको प्रमुख उत्पादन कृषि क्षेत्र कोरोना भाइरसको कारण श्रृजित लकडाउनबाट प्रभावित भएकोछ । ग्रामिण देखि सहर सम्म कृषि उपज र उत्पादनको विक्रि, वितरण र उत्पादनमा यसको प्रभाव परेको छ ।

सुर्खेत जिल्लाको लेकवेसी नगरपालिका वडा नं. १ मा रहेको पशु स्याहार लक्ष्मि गौशाला फर्ममा समेत यसको प्रत्यक्ष असर परेको छ । ३१ वटा गाई मध्ये ६ वटा दुधालु गाई भएको उक्त गौशाला फारममा २५ लिटर दैनिक दुध उत्पादन हुने गर्छ । दुध छिन्चु स्थित दुध डेरीमा जाने गरेकोमा लकडाउनको समस्याले दुध खपतमा समस्या आएको फारमका कर्मचारी चेत प्रसाद चालिसेको गुनासो छ । बजार ठप्प भएपछि अहिले दुध स्थानीय क्षेत्रमा रहेको आर्मी क्याम्पमा दिने गरेको फारमका चालिसेको भनाइ छ । दुध खपतको समस्या मात्रै नभएर गाईलाई खुआउने दाना, पराल आयात गर्न समेत समस्या भएको उनीहरुको गुनासो छ ।

पशु क्षेत्रमा मात्रै होइन लकडाउनको कारण कृषि क्षेत्रमा झनै समस्या उत्पन्न भएको छ । बेमौसमी तरकारी उत्पादन भए पनि विक्रि वितरणको समस्या भएको स्थानीय तरकारी कृषकहरु बताउछन् । गाउँमा उत्पादन भएको तरकारी बजार सम्म पुगाउन समस्या भएपछी कृषकहरुले उत्पादन गरेको तरकारी बारीमै कुइएर खेर जाने अवस्थाको सिर्जना भएको छ । गाउँमा तरकारी खेर गइरहेको छ भने बजार क्षेत्रका वासिन्दाहरुले तरकारी उपभोग गर्नबाट बन्चित भएका छन् ।

केहि जिल्लाहरुमा कृषि एम्बुलेन्स सेवा मार्फत कृषि क्षेत्रमा सहयोग पुगेको समचार सुनिन्छ, तर विकट र सवै स्थानीय तहहरुका कृषकहरुले उक्त सेवा पाउन नसकेका कारण उत्पादन भएको तरकारीको वजारीकरणमा समस्या भएको स्थानीय कृषकहरुको भनाइ छ । कृषि जन्य उत्पादनको बिक्रि वितरण तथा वजारीकरणका लागि स्थानीय प्रशासन तथा पालिकाले पासको ब्यवस्था नगरिदिनु ठुलो समस्याको रुपमा रहेको उनीहरुको गुनासो छ ।

कृषककहरुको समस्यालाई मध्यनजर गर्दै भेरी गंगा नगरपालिका स्थित सफल सामाजिक उद्यमि महिला सहकारी संस्थाले सस्तो पसल संचालन गरेको छ । उक्त पसलले स्थानीय स्तरमा उत्पादित वस्तु तथा उपभोग्य बस्तु संकलन गरी विक्रि वितरण गर्ने गरेको सहकारी व्यवस्थापक सिता महरले बताइन् ।

उपभोग्य वस्तुको बिक्रि वितरण गर्दै आएकोमा पछिल्लो समय उत्पादनका बस्तुहरु पसल सम्म पुग्न कठिन भएकोे महरको भनाइ छ । अन्य वस्तुहरुको खपतमा समस्या भएको बताउँदै स्थानीय प्रशासनको सहयोगमा धानको विउ र मल मात्रै विक्रि गरिरहेको उन्ले बताइन् ।

यस बर्ष समयमै मौसम सुरु भएपछि किसानहरुले मकै, सिमी, काँक्रा, बोरी, फर्सि लगाएतका तरकारी, साग तथा अनाज कोषेवालीको खेती गरिसकेका छन् । तर विडम्बना कृषिमा हुने अनियमितता, भ्रष्टाचार, कालोबजारी, मल, प्राविधिकको अभाव, विउ र औषधिमा हुने कृतिम अभाव लगाएतका समस्याबाट किसानहरु बर्षेनि ठगिने गरेको समस्या भने यथावत रहेको कृषकहरुको भनाइ छ ।

  • ९ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech