भृकुटीनगरमा रक्तदान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्जको भृकुटिनगरमा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

कोरोना भाईरसको महामारी तिब्र रुपमा फैलिरहेको रगतको अभाव नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको हो ।

भृकुटीनगर टोल बिकास समितिको आयोजना, झिगु भृकुटी नेवा खल गुठी परिवार र भृकुटी सहकारी संस्था लिमिटेडको सह आयोजनामा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा बिष्णु प्रसाद श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, सन्ध्या बिष्ट, शोभा बि.सी., निरञ्जनराज भण्डारी लगाएत ५६ जनाले रक्तदान गरेको भृकुटीनगर टोल बिकास समितिका सदस्य दिपेन्द्र कुमार जोशीले बताए ।

रक्तदान गर्ने रक्तदाताहरुलाई नेपालगञ्ज उपमहानगरपालिका वडानं १० का वडाध्यक्ष बिन्दु भुषण बस्नेत, वडा सदस्य नर बहादुर बिष्ट, नगर कार्यपालिका सदस्य बसन्ता जोशी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, भृकुटीनगर टोल बिकास समितिकी अध्यक्ष सरला कुमारी बिष्ट, झिगु भृकुटी नेवा खल गुठी परिवारका अध्यक्ष चन्द्र श्रेष्ठले प्रमाण पत्र बितरण गरेका थिए ।

रक्तदाननैं जीवनदान हो भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।

  • १० जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech