प्रचारका गेट सडकमा कहिले सम्म ?

असल शासन प्रतिनिधि

मनपरी : दोश्रो नेपालगञ्ज महोत्सव सकिएको महिनौं भईसक्दा समेत नेपालगञ्जको सुर्खेतरोडमा रहेको गेट अझैं हटाईएको छैन । यो त एउटा उदाहरण मात्र हो । मेला सकिन्छ, कार्यक्रम सकिन्छन् । तर मेला, कार्यक्रमको प्रचार, प्रसारका लागि बनाईएका गेट र ठाउँ, ठाउँमा टाँगिएका प्रचार सामाग्रीहरु हटाईंदैन, उठाईंदैन । यसले सहरलाई कुरुप बनाउने मात्रै होइन सडक दुर्घटना समेत निम्त्याउन सक्छ । यसको व्यवस्थापन गर्ने जिम्मेवारी आयोजकको हो । आयोजकले जिम्मेवारी पूरा नगरेमा कानुनको दायरामा ल्याई आवश्यक कार्वाही गर्ने जिम्मेवारी स्थानीय सरकारको हो । यस तर्फ सबैको ध्यान जाओस् ।

जनक थापा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • १० जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech