प्रेम सम्बन्ध कै कारण युवकको हत्या

असल शासन प्रतिनिधि

रुकुम /मानव भित्र रहेको मानवता हराएपछि मानिसको ब्यहार दानबी हुन्छ भन्ने कुरा रुकुमको एक घट्नाले चरितार्थ गरिदिएको छ ।

कुरा यहि शनिवारको हो, रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ का स्थानीयहरुले एक युवकको कुटी कुटी हत्या गरेका छन् । प्राप्त जानकारी अनुसार भेरी नगरपालिका वडा नम्बर ४ जाजरकोट रानागाँउका नवराज बिकको चौरजहारी नगरपालिका निवासि सुष्मा मल्लसँग प्रेम सम्बन्ध थियो । दुई युवा युवति बिच प्रेम सम्बन्ध प्रगाड बन्दै गएपनि युवतिकै अनुरोधमा नवराज शनिवार केही साथिहरु सहित चौरजहारी आएका थिए । जाजरकोटबाट युवाहरु आएको खबर थाहा पाएकी सुष्माकी आमाले गाँउका सबैलाई हल्ला फिजाएपछि एकाएक गाँउलेहरु ति युवकहरुमाथि कुटपिटमा उत्रिएका थिए ।

निकै आक्रोशित भई कुटपिटमा उत्रीएका गाँउलेहरुको कुटाईबाट नवराजको मृत्यु भएको बताईन्छ । युवा र युवतिको बिचमा पवित्र प्रेम थियो जसका कारण उनीहरु एक आपसमा बिवाह गर्न चाहन्थे तर युवक दलित भएकै कारण जात नमिल्दा यस्तो दुःखद घट्ना घट्न गएको बताईन्छ । कुटाकुट भएपछि युवासँग आएका अन्य आधा दर्जन युवाहरु अझै पनि सम्पर्कमा नआएको बताईएको छ ।

निकै निर्मम ढंगले युवाको हत्या गरेपछि चौरजहारी प्रहरीले घट्ना स्थलमा पुगि कुटपिटमा संकलन १२ जनालाई पक्राउ गरेको बताएको छ । प्रहरी श्रोतले दिएको जानकारीअनुसार नबराज र सुष्मा बिच प्रेम रहेको कुरा थाहा पाएपछि आफन्तले सो बिवाह हुन नदिन चौरजहारी प्रहरीमा उजुरी समेत दिएका थिए र उजुरी पश्चात दुबै समुह बिच एक चरणको छलफल समेत भएको थियो । जात नमिलेका कारण सुष्माका आफन्तहरुले कुनै पनि रुपमा नवराजलाई नस्विकार्ने अवस्था सिर्जना भएपछि यस्तो घट्ना घटेको हो जुन निकै दुखःद छ ।

  • ११ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech