गजल

असल शासन प्रतिनिधि

बाबा जस्तै अनुहार छ भाग्यमानी भन्थे
सत्य होईन यो कुरा जानि जानी भन्थे

म भित्रका राम्रा कुरा लाखौं भए पनि
स्वाभिमानी भै बाच्ने एउटा बानी भन्थे

जिस्काएरै माया लाग्ने बनाई सकेछन्
र त मलाई राजकुमार कि महारानी भन्थे

घरि घरि रिसाई दिन्थे माया लुकाएर
प्रियसीले उपनाममा प्रेट्रोल खानी भन्थे

क्षितिज पारी विशाल गगन देखाउँदै उनले
तिमी पनि त्यस्तै विशाल हातै तानी भन्थे

                                          –  मुना बिष्ट
                                           नेपालगन्ज

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech