बाँकेको प्रमुख जिल्ला अधिकारीमा कुरुम्बाङ्ग

असल शासन प्रतिनिधि

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गको बाँकेमा सरुवा भएको छ ।

गृह मन्त्रालयले कुरुम्बाङ्गलाई बाँके सरुवा गरेपछि गृहले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई मन्त्रालय सरुवा गरेको छ ।

कुरुम्बाङ्गले गृह मन्त्रालयले बाँके जिल्लाको प्रजिअमा खटाएको उल्लेख गर्दै १/२ दिनमा हाजिर हुने बताए । कुरुम्बाङ्ग स्याङ्जा भन्दा पहिले बर्दियाको प्रजिअ थिए । बर्दियाको प्रजिअ हुँदा एकाउण्टबिलिटि ल्यावले आयोजना गरेको ईन्टिग्रेटी आईडल २०१८ मा उनी बिजेता भएका थिए ।

बर्दिया, अछाम लगाएतका जिल्लामा प्रजिअ हुँदा असल कार्य गरेका कुरुम्बाङ्गले बाणिज्य कार्यालय नेपालगञ्जमा प्रमुखको जिम्मेवारी समेत सम्हालेको अनुभव उनसँग छ । कुरुम्बाङ्ग कुशल प्रशासको रुपमा परिचित र चर्चित छन् ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech