गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

असल शासन प्रतिनिधि

गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

पाल्पा/जेष्ठ १३ गते / कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि बास रामपुर उपशाखा पाल्पाले निस्दी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
ज्यान जोखिममा राखेर कोरोना भाइरस बिरुद्ध अहोरात्र खटिइरहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी र पत्रकारको सुरक्षाको लागि बैशाख २० गते रु.१५ हजार मुल्य बरावरको स्वास्थ्य सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको बास रामपुर उपशाखाका अध्यक्ष अशोक श्रेष्ठले असल शासन डटकमलाई बताए । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गाउँपालिकालाइ अत्यावश्यक स्वास्थ्य सामग्रीको आवश्यक्ता महशुस गर्दै सेनिटाइजर, माक्स ग्लब्स, सिटामोल, जिबनजल लगाएतका सामाग्री हस्तान्तरण गरेका थिए ।
बास रामपुर उपशाखाका उपाध्यक्ष डा. राजेश श्रेष्ठसहितका पदाधिकारीहरुले गाउँपालिकाका प्रतिनिधिलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गरेको थियो ।

  • १४ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech