डोल्पाका ढुवानी माध्यम गाईगोरु

असल शासन प्रतिनिधि

अपर डोल्पाको छार्का ताङसोङ गाउँपालिका कागकोटमा दाउरा बोकाईएका गोरुहरु । यहाँ गोरुहरुलाई जोत्ने भन्दा बढी भारी बोकाउने काम गर्छन्, गोरुलाई मात्र नभएर गाईलाई समेत सामान ओसार, पसार गर्न प्रयोग गर्ने गरेको स्थानीयवासीको भनाई रहेको छ । स्थानीयका अनुसार, दुई गोरु नभई एक गोरुलाई मात्र जोत्न प्रयोग गर्ने गरिन्छ । स्थानीयहरु गाई प्रजातीलाई झोप्पा भन्छन् भने गाईलाई माउ र गोरुलाई पुछ्रो भन्छन् । यहाँ गाई, गोरु धेरै पाल्ने चलन छैन, कम मात्रामा मात्रै गाई गोरु पाल्ने यहाँका स्थानीयहरु कामका बेला मात्रै घर ल्याउँछन् अघिपछि बन लगेर छोडिदिन्छन् ।
शव्द तस्विर : बिनोद शर्मा, असल शासन

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech