ईन्स्पाईरिङ्ग युथ अब अनलाईनबाट, आज १७७औं श्रृखला

असल शासन प्रतिनिधि

नेपालगन्ज / बर्तमान अवस्थामा मानवअधिकार र नागरिक दायित्वका विषयमा केन्द्रीत ईन्स्पाईरिङ्ग युथको १७७औं श्रखला आज सम्पन्न भएको छ । बास केन्द्रीय कार्यालयले साप्ताहीक रुपमा हरेक शुक्रबार गर्दै आएको कार्यक्रम अन्तरगत आजको श्रृखलामा अधिबक्ता लोक बहादुर शाह मुख्य बक्ताको रुपमा बोलेका थिए । बिद्यार्थी तथा युवाहरु अहिले लकडाउनको कारण घरमै बसिरहेका बेला बासले ईन्स्पाईरिङ्ग युथ कार्यक्रमलाई गत साता देखि अनलाईन मार्फत शुरु गरेको छ । कार्यक्रममा अधिबक्ता शाहले मानव अधिकार र समसामयिक अवस्थामा नागरिकको दायित्व के हुने भन्ने बिषयमा आधा घण्टा अनलाईन मार्फत बोलेका थिए । त्यस पश्चात ईन्स्पाङ्ग युथको फेसबुक पेज मार्फत कार्यक्रम सुनेर सहभागिहरुले कमेन्ट मार्फत सोधेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिएका थिए ।
पछिल्लो समय ई प्रविधिको ब्यापक प्रयोग गर्दै आएको बासले युवाहरु माझ निकै लोकप्रिय ईन्स्पाईरिङ्ग युथ कार्यक्रमलाई अनलाईन मार्फत शुरु गरे पछि युवाहरुले घरमै बसि धेरै कुराको जानकारी हुनुका साथै समयको समेत उपयोग भएकोमा खुसी ब्यक्त समेत गरेका छन् । युवाहरुबाट आएको सकारात्मक सुझावका कारण बासको अनलाईन मार्फत कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको बासले जनाएको छ । ईन्स्पाईरिङ्ग युथ कार्यक्रम हरेक हप्ताको शुक्रबार ईन्स्पाईरिङ्ग युथको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण भईरहेको कार्यक्रम संयोजक शोभा थापा मगरले बताईन् । आजको कार्यक्रममा प्राविधिक सहयोग ईन्स्पाईरिङ्ग युथका सदस्य जनक थापाले गरेका थिए ।

  • १६ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech