बास कोहलपुर उपशाखाद्धारा नगरपालिकालाई सहयोग

असल शासन प्रतिनिधि

कोहलपुर / भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको कोहलपुर उपशाखाले आज कोहलपुर नगरपालिकालाई नगद ५ हजार हस्तान्तरण गरेको छ ।
कोहलपुर नगरपालिकामा कोरोना भाईरस बिरुद्ध सहकार्य स्वरुप नगरपालिकाको कोरोना रोगथाम कोषमा नगद रु ५ हजार सहयोग गरेको बास कोहलपुर उपशाखाले जनाएको छ । बास कोहलपुर उपशाखाका अध्यक्ष देबि चन्द र सदस्य दिपिका केसीले कोहलपुर नगरपालिका पुगि नगर प्रमुख लुट बहादुर रावतलाई सो नगद हस्तान्तरण गरेका थिए ।
देशमा पछिल्लो समय फैलदै गएको कोरोना भाईरस महामारिका बिच बासले केन्द्र, शाखा तथा उपशाखा मार्फत स्थानीय सरकारहरुसँग आवश्यक सहयोग तथा समन्वय गर्दै आएको छ । यस अघि बास केन्द्रीय कार्यालयले बाँकेका सबै स्थानिय तहहरुलाई नगद रु १० हजारका दरले ८० हजार तथा आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरिसकेको बताएको छ ।

  • १६ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech