कोरोना आतङ्क

असल शासन प्रतिनिधि

मुहान थुनेर पानी खा भन्छ
पसल खोलेर ग्राहक कुट्छ

सत्ता हेरफेर हुने हिसाब किताब गर्छ
जनताको मुखबुझो लाउन लकडाउन गर्छ

अस्पताल बन्द गरेर मान्छे मरेको गन्छ
मरेका जतिलाई कोरोना लागेकै भन्छ

भोकभोकै जनता कति मरीसके
कतिले त घाँटीमा पासो लाई सके

अर्काकै बुई चढी फुई मात्रै लाउँछ
सीमामा काँडेतार लाउँछु भन्छ

न अन्नपातको जोहो न त उद्योग खोल्छ
कोरोनाको आतङ्कले मान्छे थुन्छ

भत्केका स्कूललाई क्वारेन्टाईन भन्छ
उपचार नपाई मरेकालाई कोरोनामै गन्छ

सरकारी स्कूल बन्द गरी बोर्डीङ्ग स्कूल खोल भन्छ
आफु दङ्ग शासनमा जनता माथी राज गर्छ

कोरोना जाँचमै शंका उपशंका जगाउँछ
कहीं २० दिन त कहीं ३ दिनमै देखाउँछ

भेडा बाख्राझैं मान्छे गोठमै थुन्छ
आफुचाही कामना तेल हालेर सुत्छ

कमीशनकै खेलमै कीट भीत्र्याउँछ
जनतालाई लकडाउन लकडाउन भन्छ

धजय को चेतावनी भन्दै दिन थप्छ
अब यसरी जनतालाई कति दिन थुन्छ ?

– सपना भट्टराई

  • १९ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech