नरैनापुरलाई स्वास्थ्य सामग्री

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना भाईरसको उच्च जोखिममा रहेको बाँकेको नरैनापुर गाउँपालिकालाई बासले आज स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।
बास केन्द्रीय कार्यालय नेपालगन्जले नरैनापुर गाँउपालिकाको क्वारेन्टिनमा रहेका ब्यक्तिहरुका लागि ४०० थान सर्जिकल मास्क र ५० थान सेनिटाईजर सहयोग प्रदान गरेको हो ।
बासद्धारा सञ्चालित नरैनापुरका लागि सहयोग अभियान अन्र्तगत सो सहयोग प्रदान गरिएको हो । अभियान अन्र्तगत बिभिन्न व्यक्तिहरुबाट संकलित रकमबाट सो सहयोग गरिएको हो । अभियान अन्र्तगत आवश्यकता अनुसार नरैनापुर गाउँपालिकाका क्वारेन्टिनमा बसेका व्यक्तिहरुका लागि स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै जाने बासले जनाएको छ ।
आज नरैनापुर गाँउपालिकाको सम्पर्क कार्यालय नेपालगन्जमा गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी र निर्देशक हेमराज भट्टले सामाग्री हस्तान्तरण गरेकाथिए ।
हस्तान्तरण कार्यक्रम मागाउँपालिका अध्यक्ष ईस्तियाक अहमदशाह, वडा नम्बर २ का वडा अध्यक्ष मसूद अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, लेखापाल प्रकाश अधिकारी र बासका प्रदेश संयोजक मकबुल अहमद मुकेरीकोे उपस्थिती रहेको थियो ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech