रुखमा बाधेर छोरीको बलत्कार

असल शासन प्रतिनिधि

कैलाली / यौन उन्मात बाट मात्तिएको एक अधबैसे पुरुषले आफ्नै छोरीलाई रुखमा बाधेर बलत्कार गरेका छन ।
कैलालीको चुरे गाँउपालिका वडा नम्बर ५ भासु बजारमा बस्दै आएका ४५ बर्षिया बुवाले आफ्नै छोरीलाई बलत्कार गरेको बताईएको छ । जेष्ठ १७ गते घर नजिकैको जंगलमा लगेर आफ्नी जेठी छोरीलाई रुखमा बाधेर बलत्कार गरेको पिडित युवतिको किटानी उजुरी प्रहरीलाई दर्ता गराएपछि सो कुरा बाहिर आएको हो । बलत्कार पछि बुवाले छोरीलाई कसैलाई भनेमा मारिदिने भन्दै धम्की दिदै आएका थिए । पिडित युवतिले बुवाले डर र धम्कीले पटक पटक बलत्कार गरेको उजुरीमा उल्लेख गरेको प्रहरीले बतायो ।
ईलाका प्रहरी कार्यालय फल्टुडेमा उजुरी दर्ता भएपछि त्यसको आधारमा बलत्कार पछि फरार रहेका पीडित युवतिका बुवालाई मंगलबार राति १० बजे सहजपुरको जंगलबाट प्रहरीले पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।

छोरी बलत्कारमा संलग्न बुवालाई पक्राउ पछि आवश्यक कावाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको र पिडित युवतिलाई उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ ।

  • २१ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech