गजल

असल शासन प्रतिनिधि

लक्ष्य हाम्रो भ्रष्टाचारको बिरुद्धमा बोल्नु,
उद्येश्य हो फटाहाका जालि पोल खोल्नु

शुशासनको मशाल बोकि गाउँवस्ति बाट,
विकृतिका निती नियम आगो लगाई पोल्नु

अत्याचारले पिल्साइएका शोषित, पिडितलाई,
ब्युउझाउँन चेतनाको अमृत मुखमा ढोल्नु

विकासको नाउमा आउने हरेक बजेटहरु,
जनतालाई नाफा घाटा के के भए मोल्नु

आएपनि अबरोध गर्न जालिहरु सक्रिय भई,
सँगठित भई काँडेतारका घेरा छिचोल्नु

नेम बहादुर शाही
ठााटिकाँध गाउँपालिका, दैलेख

  • २१ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech