बाँकेमा तालिका अनुसार ब्यापार ब्यवसाय खुल्ने

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँके जिल्ला भरी बार अनुसार ब्यापार ब्यवसाय खुल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा बुधबार नेपालगन्जमा भएको सर्वदलिय, सर्वपक्षिय बैठक पछि यसरी ब्यवसाय खोल्न दिने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले जारि गरेको सूचना अनुसार आइतबार र बुधबार मोबाइल र इलेक्ट्रोनिक्स, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ र भाँडा पसल सञ्चालन गर्न पाउने, सोमबार र बिहीबार कपडा, फैन्सी, जुत्ता, चप्पल, कस्मेटिक, चश्मा, गरगहनाका पसल सञ्चालन हुने, मंगलबार र शुक्रबार अटोमोबाल्स, कोल्ड स्टोर, जुस, मोटरसाइकल, साइकल पसल र अन्य पसलहरु खुल्ला हुने ब्यवस्था गरेको छ । औषधी, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउबिजन भने सात दिन नै खुल्न दिनेगरि सहमति भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
प्रत्येक दिन खुल्ने प्रशासनले जनाएको छ । प्रशासनको पास चाहिने वा सम्बन्धित निकायको पास चाहिने सवारी साधनको वर्गीकरण पनि गरिएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघले ज्ञापनपत्र बुझाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेपछि प्रशासन केही लचिलो भएको हो । यसरी समय तालिका सार्वजनिक गरे पनि ब्यापार, ब्यवसाय सञ्चालनका लागि भने बिहान ११ बजे देखि दिउसो ३ बजे सम्मको समय निर्धारण गरिएको सूचनामा उल्लेख छ ।
विगत केही दिय यता नेपालगन्ज स्थित बैंकहरु नखुल्दा खुलेको दिन भिडभाड देखिन थालेपछि बैंकहरु सार्वजनिक बिदाबाहेक सबै दिन खुल्ला रहने गरि निर्णय भएको छ । सूचनामा अत्यावश्यक काममा घर बाहिर निस्किदा कोभिड १९ को संक्रमणबाट जोगिन कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने तथा मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ । बैठकले कालोबजारी नियन्त्रण गर्न सम्बद्ध सबै निकायबाट बजार अनुगमन कार्यलाई तिब्रता दिने निर्णय समेत गरेको छ । निर्माण कार्यमा संलग्न मजदुरहरुले साइकलबाट आवतजावत गर्ने, अत्यावश्यक कामका लागि बाहेक इरिक्सा, अटो र मोटरसाइकलको प्रयोगलाई नियन्त्रण गर्ने समेत सूचनामा जनाईएको छ । झण्डै अढाई महिना देखि लकडाउनका कारण ब्यापार ब्यवसाय प्रायः ठप्प रहेका बेला पछिल्लो समय ब्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग तिब्र रुपमा उठिरहेको थियो ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech