जन्मदिनको अवसरमा डा. शाहद्धारा नगद तथा खाद्यान्न सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को गायत्री नगर नयाँ बस्तीका ३ जना अति बिपन्न, दलित तथा पूर्ण शारिरिक अपांगता भएका ब्यक्तिलाई एच.सि.आर.सि. अस्पतालका अध्यक्ष डा. कुमार शान शाहले नगद सहयोग गरेकोे छ ।
मनिकापुर स्थित कप्तान कृषि फर्मका अध्यक्ष समेत रहेका डा शाहले ति ब्यक्तिहरुलाई नगद रु. ७५ हजार आर्थिक सहयोग गरेका हुन । नेपालञ्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्की र वडा सदस्य चक्र बहादुर बुढाको उपस्थितीमा गरिब तथा पूर्णरुपमा शारिरिक अपाङ्गता रहेका गलसा कुमारी कामी, मान कुमारी नेपाली, रामसिला कामीलाई आवास निमार्णमा सहयोग गर्नको लागि सो नगद हस्तान्तरण गरिएको अस्पतालका प्रबन्धक रमेश सिटौलाले बताए ।


उता आज नै डा. शाहले नेपालगन्ज स्थित निलसागर असहाय,अशक्त तथा जेष्ठ नागरिक सहायत केन्द्रमा रहेका बालबालिका तथा जेष्ठ नागरिकहरुका लागि खाजा तथा खाद्यान्न सहयोग गरेका छन् । निलसागर असहाय,अशक्त तथा जेष्ठ नागरिक सहायत केन्द्रमा पुगि डा. शाहले सहायता केन्द्रका अध्यक्ष सरिता खनाल र अमन सुवेदीजीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरेका थिए।
डा. शाहका छोरा शोर्णजङ्ग शाहको आज जन्म दिन परेकाले सोही अवशरमा अनाथ, असहाय तथा बिपन्न ब्यक्तिहरुलाई सहयोग गरेको बताईएको छ । डा. शाहले छोराको जन्मदिनको अवसरमा हरेक बर्ष असहाय तथा अनाथहरुलाई सहयोग गर्दै आएको जनाएका छन् ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech