उच्च मनोबल, स्वस्थ रहने उपाय

असल शासन प्रतिनिधि

नेपालगन्ज /उत्साह र उमंगले मानिसलाई स्वस्थ बनाईराख्ने भएकाले लकडाउनको अवधिमा उत्साहका साथ सचेतना पूर्बक काम गर्न राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले अनुरोध गरेका छन् ।
बास केन्द्रीय कार्यालय नेपालगन्जले सूचनाको हक र सकारात्मक सोचका बिषयमा आज गरेको अनलाईन अन्तरक्रियामा प्रमुख बक्ताको रुपमा बोल्दै बास्कोटाले यस्तो अपिल गरेका हुन् ।
यो बेला धेरै ब्यक्तिहरु अपबाहका कारण बिरामी परिरहेको भन्दै बास्कोटाले कसैलाई पनि नआत्तिन अनुरोध गरे । सधंै मानिसलाई अगाडी बढ्न सकारात्मक सोच आवश्यक पर्ने भएकाले सोही अनुरुप अगाडी बढ्नुपर्नेमा उनको जोड थियो ।
लकडाउनको बेलामा सबैका लागि फुर्सदको समय हुने भएकाले सो समयमा दिमागलाई ब्यस्त राख्न सकेमा नयाँ नयाँ कुराको सिर्जना गर्न सकिने उनको भनाई थियो । कोरोना भाईरस बिरुद्धको अभियानमा भईरहेको खर्चलाई लक्षित गर्दै सरकारले स्वास्थ्य मन्त्रालय तथा मातहतका कार्यालयले कुनै पनि नयाँ निर्णय गर्दा वा रकम खर्च गर्दा सो को बिबरण सार्वजनिक गर्नुपर्ने उनको भनाई थियो ।
उनले सरकारले गरेका कामहरुलाई स्वस्फूर्त सूचना प्रकाशन मार्फत सार्वजनिक गर्न समेत अपिल गरे । लोकतन्त्रका लागि सूचनाको हक जरुरी रहेको उनको भनाई थियो । कोरोना भाईरस बिरुद्धको एक मात्र उपाय आत्मबल भएकाले उच्च आत्म बिश्वासका साथ सुरक्षित रहनु पर्र्ने उनको भनाई थियो । उनले सकारात्मक सोच सबैले बिकास गर्नु पर्ने बताएका थिए ।
देश भरीका विभिन्न जिल्लाबाट झण्डै ३ दर्जन बढीको सहभागिता रहेको सो अन्तरक्रियाको सहजिरकण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । मुख्य बक्ताको रुपमा झण्डै ३० मिनेट बोलेपछि सहभागि हेमराज भट्ट, कल्पना अधिकारी, सन्तोष रोकाया, कमल शाही, लक्ष्मी तिवारी, मुना बिष्ट, मन भण्डारी, चुत्र बहादुर महत लगाएतले प्रश्न तथा जिज्ञासा राखेका थिए जसको जवाफ प्रमुख बक्ता बास्कोटाले दिएका थिए । बासले लकडाउनको बेला प्रविधिको प्रयोग गर्दै विभिन्न बिषयमा अनलाईन बैठकहरु गर्दै आएको छ ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech