बासले कर्मचारीको गर्यो कोभिड १९ बिमा

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास केन्द्रीय कार्यालय नेपालगन्जले कर्मचारीहरुको कोरोना कोभिट–१९ स्वास्थ्य बिमा गरेको छ ।
शिखर ईन्सोरेन्स लिमिटेड नेपालगन्ज शाखामा आज बासले आफ्ना फिल्डमा खटिने सबै कर्मचारीहरुको जनहि १ लाखको कोरोना कोभिट–१९ बिमा गरेको हो । बास केन्द्रीय कार्यालय नेपालगन्जमा बासका कार्यकारी निर्देशक नमस्कार शाह र निर्देशक हेमराज भट्टले शिखर ईन्सोरेन्स नेपालगन्जका क्षेत्रीय संयोजक यज्ञ बहादुर बस्नेत र गणेश जोशीलाई बिमा सम्झौता आदान प्रदान गरेका हुन् ।
बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, हेल्पडेस्क संयोजक रबिन्द्र बोहरा, असल शासन कार्यकर्ता शुद्ध प्रशाद चौधरी, असल शासन प्रतिनिधि रुपा चौधरी, लेखा सहायक अनिल थापा मगर, सहजकर्ता शोभा थापा मगर, हेल्पडेस्क सुपरभाईजर अन्नपूर्णा मिश्र लगायत २७ कर्मचारीको स्वास्थ्य बिमा गरिएको हो ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech