गिजरामा बन्यो आकर्षक चिल्ड्रेन पार्क

असल शासन प्रतिनिधि

नेपालगञ्ज/खजुरा गाउँपालिका ४ गिजरामा चिल्ड्रेन पार्क बनेको छ ।

डिभिजन बन कार्यालयको सहयोेगमा गिजरा सामुदायिक बन उपभोक्ता समूहले सो पार्क निर्माण गरेको हो ।

मानखोला किनारामा बनेको सो पार्क बालबालिकाहरुका लागि रमणिय स्थलको रुपमा रहने बिश्वास स्थानीयहरुको छ ।

डिजिभन बन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठका अनुसार, डिभिजन बनको २ लाख सहयोग र स्थानीय सामुदायिक बनको लागत सहभागितामा सो पार्क निर्माण भएको हो ।

कार्यालयको पर्यापर्यटन प्रबर्धन कार्यक्रम अन्तरगत सो पार्क बनाउन सहयोग गरिएको हो । आकर्षक पार्क निर्माण गरि सो क्षेत्रलाई रमणिय बनाउन सहयोग गरेको भन्दै डिभिजन बन कार्यालयलाई स्थानीयहरुले धन्यवाद दिएका छन् ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech