कोपिला भ्याली सेवा समाजले गर्यो ठाँटिकाँधलाई १० लाखको सहयोग

असल शासन प्रतिनिधि

सुर्खेत/ यतिबेला विश्व कोरोना भाइसरको कारण आतंकित बनेको छ । चीन लगाएत अन्य देशबाट फैलीएको कोरोना भाइरसले उग्ररुप लिएको छ । भाइरसका कारण बिश्वभरि लाखौ ब्यक्तिहरुले ज्यान गुमाइ सकेका छन् । नेपालमा दिन प्रतिदिन फैलिदै गएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न विभिन्न निकायहरु सक्रिय रहेका छन् ।
कोरोना भाइरस संक्रमणले उग्र रुप लिएपछि अहिले भारतबाट प्रतिदिन हजारौको संख्यामा नेपाली नागरिकहरु बिभिन्न जिल्लामा आउने क्रम जारी छ । भारतबाट आउने नागरिकलाई बस्नलाई स्थानीय सरकारले बनाएका क्वारेन्टिन अप्राप्त छन् । भारत लगाएत जिल्ला बाहिरबाट फर्किएका नागरिकहरु बस्ने ति क्वारेन्टाइनमा नत प्राप्त मात्रामा ओढ्ने ओछ्याउने कपडा छन्, नत अन्य आवश्यक ब्यवस्थापन नै छ । क्वारेन्टिनमा बसेका नागरिकहरुले कष्ठपुर्ण तरिकाले जीवन यापन गरिरहेका छन् । कोरोना भाइरसको उच्च जोखिलाई कम गर्न र संक्रमण रोकथामका लागि बिभिन्न संस्था तथा ब्यक्तिहरुले स्थानीय सरकारलाई सहयोग गर्दै आएका छन् ।


यस्तो बिपतीको घडीमा कोपिला भ्याली सेवा समाज सुर्खेतले कर्णली प्रदेशका पहाडी जिल्लाका क्वारेन्टिनमा कष्ठ खेपिरहेका नागरिकलाई बिभिन्न सहयोग गर्दै आएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको कोपिला भ्याली सेवा समाजले बिहिबार मात्रै दैलेखको ठाटीकाँध गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामग्री तथा खाद्यान्नका सामाग्रीहरु सहयोग गरेको छ । समाजले १० लाख बराबरको स्वास्थ्य सामग्री सहित खाद्यान्न सााग्री सहयोग गरेको हो । गाउँपालिकाका अव्यबस्थित क्वारेनिटनमा कष्टकर दिनचर्या बिताईरहेका नागरिकहरुलाई सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए ।


ठाँटिकाँध गाउँपालिका वडा नं. ६ स्थाइ घर भइ युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड् शाखा कार्यलय सुर्खेतको शाखा प्रबन्धकको रुपमा कार्यरत धिरेन्द्र बहादुर शाही र बास नेपालगन्जका निवर्तमान अध्यक्ष मन भण्डारीको समन्वयमा उक्त सहयोग सामग्री सुर्खेतबाट दैलेखको ठाँटिकाँध पठाइएको छ ।सहयोग गरिएको समग्रीहरुमा ८ सय पिस केएन ९५ मास्क, ५ सय पिस साबुन्, ७ सय ९९ पिस ब्रस, ८ सय ३९ पिस सेनिटाईजर, ७ सय ९९ पिस कोलगेट, २२ पिस बाल्टिन, २२ पिस जग, १ रोल पिफम, ५६ पिस व्याड, ८ सय प्याकेट जीवनजल, २२ पिस हरपीक, २ बक्स गलब्स र ४० बोरा चामल गाउँपालिकालाई पठाईएको धिरेन्द्र शाहीले बताए ।


दुर्गम गाउँपालिका भएकाले भारत लगाएत बाहीरबाट गाउँ भित्रिएकाहरुलाई व्यबस्थापन गर्न गाउँपालिकालाई समस्या भईरहेको अबस्थामा समाजले गरेको यो सहयोगले गाउँपालिकालाई ठुलो राहत हुने शाहीले बताए । भारतबाट आएका ब्यक्तिहरु क्वारेन्टिनमा सल्लिपिरल विछ्याएर सुतीरहेको फोटो सामाजिक संजालमा भाइरल भएपछी आफ्नो पालिकाको लागि सहयोग गर्ने उद्देश्यले सहयोग संकलन अभियानको थालनी गरेको बताउदै सो अभियान अन्र्तगत कोपिला भ्याली सेवा समाज सुर्खेतले माथी उल्लेखित सामग्री सहयोग गरेको मन भण्डारीले जानकारी दिए । कोपिला भ्याली सेवा समाज लामो समयदेखी बिभिन्न मानविय कार्यमा सक्रिय रहदै आएको छ ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech