बन्ने भयो आईते बुढाको घर, घर निर्माणका लागि पचास हजार सहयोग

असल शासन प्रतिनिधि

बाँके/परालनै ओढ्ने परालनमैं सुत्न बिब बैजानाथ—४ नौबस्ता बाँकेका आईते बुढाको घर बन्ने भएको छ ।

सामाजिक अभियन्ता हेमन्तराज काफ्लेको संयोजकत्वमा गठित आईते बुढा सहयोग समितिले संकलन गरेको रकमबाट सो घर बन्ने भएको हो ।

समितिद्वारा संकलित ५० हजार रकम जेष्ठ २२ गते घर निर्माण समितिका संयोजक लोकेन्द्र सुनारलाई हस्तान्तरण गरिएको छ ।
समितिका संयोजक हेमन्तराज काफ्ले र समितिका सदस्य बासका कार्यकारी निर्देशक नमस्कार शाहले सो रकम सुनारलाई हस्तान्तरण गरेका हुन् । समितिले घर बनाउनका लागि अपुग रकम संकलन गरि सहयोग गर्ने संयोजक काफलेले बताए ।

जाजरकोटबाट १७ बर्ष पहिले बसाई सरेर आएका आईतेकी ४० बर्षिया भुमिसरा, छोरा राम बहादुर र छोरी मनिषा कठिन अवस्थामा १ कोठे घरमा बसिरहेका छन् । वरिपरि सबैका घर पक्कि, राम्रा छन् उनको घरको अवस्था मात्रै बिजोगपूर्ण छ । गरिव अवस्थाका आईते दैनिक मजदुरी गर्दछन् । आईतेकी श्रीमती बोली सम्बन्धिको अपाँगता छिन् । मज्दुरी गर्ने एक जना मात्रै भएकाले परिवारको अवस्था कमजोर भएको छिमेकीहरु बताउँछन् ।

बुढालाई यस अघिनैं समितिले न्यानो कपडा, भाँडाकुँडा सहित आवश्यक सामाग्रिहरु सहयोग गरेको थियो । हाल सामाजिक सञ्जाल मार्फत बुढाको घर बनाउनका लागि सहयोग संकलन गर्ने काम भईरहेको छ ।

  • २३ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech