कर्णालीमा कोरोना पोजेटिभ संक्रमितको संख्या २७८

असल शासन प्रतिनिधि

रमेश परियार

कालिकोट/कर्णालीमा कोरोना पोजेटिभ संक्रमितको संख्या २७८ पुग्यो । कालिकोट कर्णाली प्रदेशमा कोरोना भाईरसका संक्रमित वढे सँगै वुधवार मात्रै ४ महिने वालक सहित १६ जना कोरोना संक्रमित भेटिएका छन् ।

कालिकोट जिल्ला महावै वडा नं २ का २२ वर्षिया पुरुष वडा नं ४ का ४ महिने वालक र २८ वर्षिय पुरुष, तिलागुफा नगरपालिका वडा नं २ का २१ वर्षिय पुरुष, पलाता गाउँपालिका वडा नं ७ का ४२ वर्षिय पुरुष, शुभकालिका गाउँपालिका वडा नं ३ का २१ वर्षिय पुरुष, शान्नि त्रिवेण गाउँपालिका वडा नं २ का २० वर्षिया महिला, दैलेख जिल्लाका नारायण नगरपालिका वडा नं २ का २०, २४, २५, २५ र ३० वर्षिय पुरुष, नौमुले गाउँपालिका वडा नं ८ का २५ वर्षिय पुरुष त्यसैगरि सल्यान कुमाख गाउँपालिका वडा नं ३ का १९, २४ र २५ वर्षिय पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मिनारायण तिवारीले जनाएका छन् ।

उनका अनुसार, कोरोना पोजेटिभ देखिएका सबै भारतबाट आएका व्यक्तिहरु हुन् । १६ जना थपिएसंंगै कर्णालीमा संक्रमितको संख्या १ सय ७८ पुगेको छ । छिमेकी मुलुक भारतवाट कर्णाली प्रदेशका जिल्लामा हजारौं नागरिकहरु भित्रिएको हुँदा कर्णाली प्रदेश कोरोना भाईरस कोभिड १९ को उच्च जोखिममा रहेको देखिन्छ ।

  • २३ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech