राम सिंहको रहस्यमय मृत्यु

असल शासन प्रतिनिधि

बर्दिया / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ खैरेनीका ३२ बर्षिया राम सिंह थारुको रहस्यमय मृत्यु भएको छ ।
जेष्ठ २१ गते साँझ घरबाट केही समयमा आउने भन्दै निस्किएका थारु जेष्ठ २२ गते बिहान घर नजिकै रहेको गोरु गोठमा मृत अवस्थामा फेला परेका थिए ।
बिहानै रहस्यमय ढंगले थारु मृत अवस्थामा भेटिएपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृती हेर्दा घर नजिकै गाई गोठमा रहेको खाटमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो ।
मृतकको घाँटीमा डोरीले बाँधेको जस्तो डाम देखिएको र लास नजिकै रगतको थोप्ला देखिएकाले उनको मृत्यु नभएर हत्या भएको आफन्तको आशंका छ ।
घट्ना पश्चात मैनापोखरबाट आएको प्रहरी टोलीले घटनाको मुचुल्का उठाई शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाएको थियो ।
हाल सम्म पोष्टमार्टमको रिपोर्ट नआएपनि आफन्तले भने उनको हत्या गरिएकोले सत्य तथ्य छानविन तथा खोजीका लागि प्रहरीमा उजुरी गर्ने थारुका साला शुद्ध चौधरीले बताए ।
यस बारेमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख केदार रजौरेले घटना बारे प्रहरी संबेदनशिल रहेको बताए । हत्याको आशँकामा अनुसन्धान अघि बढाएको उनले बताए । घटनाको निष्पक्ष छानविन गरि पीडितलाई न्याय दिने प्रयासमा प्रहरी रहेको उनले बताए ।

  • २६ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech