३५ जनाले गरे रक्तदान

असल शासन प्रतिनिधि

नेपालगञ्ज । कोरोना भाईरस कोभिड १९ का कारण रगतको अभाव भएका बेला बासले नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ ।
बास केन्द्रीय कार्यालय नेपालगन्जले नेपाल रेडक्रस सोसायटि रक्तसञ्चार केन्द्र नेपालगन्जमा आज रक्तदान कार्यक्रम गरेको हो ।
नेपालगन्ज लगायत जिल्ला मै हाल रगतको अभाव रहेका बेला गरिएको रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुले रगतदान गरेका हुन् । यसरी रक्तदान गर्नेहरुमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, शोभा थापा मगर, मकबुल अहमद मुकेरी, नविन थापा, माधव प्रशाद चौधरी, गगन बहादुर सुनार, गौतम पौडेल, बृजेश बैष्य, ट्यांकर ईकाई कमिटी उपाध्यक्ष ईन्द्र बहादुर क्षेत्री, प्रेम चौधरी, सिद्धिगणेश शाह, बाल किशन चौधरी, बिनक लाल चौधरी, दिपेश आचार्य, नेत्र जिसी, रितेश चौधरी, हिमांसु मौर्य, उमेश सापकोटा, मनिष कर्माचार्य, अशोक शाह, बसन्त सुबेदी, नरेश कुमार खड्का, माधब प्रशाद जोशी, जित सिंह राना, चन्दन बुढा क्षेत्री, सन्दीप रुबेली, सन्दीप गुरुङ्ग, गोबिन्द आचार्य, पदम वली, शर्मिला थापा, मन भण्डारी लगायत रहेका छन् । बासले नेपालगन्जमा रगतको अभाव हुन नदिन नियमित रुपमा रक्तसञ्चार केन्द्रको समन्वयमा बासले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

  • २६ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech