अनलाईनबाट नै तनाब ब्यवस्थापन

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास केन्द्रीय कार्यालय नेपालगन्जले कोरोना भाईरस (COVID-19) महामारीको समयमा तनाव ब्यवस्थापन बिषयक अनलाईन छलफल गरेको छ ।
द आर्ट अफ लिभिङ्गका बरिष्ट प्रशिक्षक कञ्चन घिमिरकोे सहभागितामा आज सो छलफल गरिएको हो ।
छलफलमा तनाव ब्यवस्थापनका बारेमा बोल्दै बरिष्ठ प्रशिक्षक घिमिरेले कोरोनाको महामारिका बेला घरमै बसिरहेको अवस्थामा नयाँ जीवनको नयाँ शुरुवात गर्नुपर्ने भएकाले मनलाई ठुलो बनाउनु पर्नेमा जोड दिएका थिए । उनले अहिले तनाव भन्दा पनि खुसीका साथ बस्ने र सबैलाई खुसी साट्ने बेला भएकोले सबैले आ–आफ्नो तर्फबाट सकारात्मक कुराहरु बाहिर ल्याई खुसी साटासाट गर्न अनुरोध गरे । तनाव ब्यवस्थापनका लागि पूर्ण हुनुपर्ने बताउदै घिमिरेले पूर्ण हुने कोशिषमा लाग्न सबैलाई अनुरोध गरे । जीवनलाई योगले खुसी अनि सुुखि राख्ने भन्दै नियमित रुपमा ध्यान गर्ने, सकारात्मक कुराहरुको अध्ययन गर्ने, सकारात्मक कार्यहरु गर्ने, मनलाई सधै उत्साहित राख्ने र आफुमा आएको सकारात्मक कुराहरुलाई बाँड्दै जानुपर्नेमा उनको जोड थियो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले होष्ट गरेको छलफलमा हरपाल सिंह, रबिन्द्र बोहरा, माहेन खत्री लगायतले तनाव ब्यवस्थापनका बिषयमा विभिन्न प्रश्न तथा जिज्ञासाहरु राखेका थिए । जसको जवाफ प्रशिक्षक घिमिरेले दिएका थिए । अनलाईन बैठकमा देशै भरीबाट ७० बढीको सहभागिता रहेको थियो ।

  • २७ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech