ईमान्दार, कर्तव्यनिष्ठ महिला बिकास अधिकृत कुवँरको निधन, शुभचिन्तकहरुद्वारा दुःख व्यक्त

असल शासन प्रतिनिधि

नेपालगञ्ज/महिला विकास अधिकृत बिन्दु कुवँरको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित कुवँरको आइतबार राती काठमाडौंमा निधन भएको हो ।

कुवँरको सोमवार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कार गरिएको थियो ।

महिला तथा बालबालिका कार्यालय बाँकेमा लामो समयसम्म कार्यरत रहेकी कुवँर महिला तथा बालबालिका कार्यालय जुम्ला हुँदै पछिल्लो समय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत रहेकी थिइन् ।

उनको निधनबाट मर्माहत भएका उनका शुभचिन्तकहरु शोकमा डुबेका छन्, उनीहरुले सामाजिक सञ्जाल मार्फत उनलाई सम्झेर उनी प्रति श्रद्धाञ्जली दिईरहेका छन् । त्यसरी दुःखित भएर श्रद्धाञ्जली दिने मध्येका एक बासका कार्यकारी निर्देशक नमस्कार शाहले आफ्नो फेसबुक वालमा कुँवरलाई सम्झिएर लामो स्टाटस् लेखेका छन् ।

शाहले लेखेका छन्- सबैको मन जितन् सफल बिन्दु कुँवरले क्यान्सरलाई जित्न सकिनन् । क्यान्सर विरुद्ध लामोसमयदेखि लडिरहेकी प्रिय बिन्दुलाई अन्ततः त्यही रोगले लगेर नै छाड्यो ।

निर्देशक शाहले मृतक बिन्दु महिला तथा बालबालिका कार्यलय बाँकेमा कार्यरत हुँदा होस् वा जुम्ला र काठमाण्डौमा कार्यरत हुँदा होस् उनले महिला तथा बालबालिकाको संरक्षण र सिंगो सामाजिक रुपान्तरणकालागी पुर्याएको योगदानको प्रशंसा गरेका छन् । शाह लेख्छन्- बिन्दुको काम र कार्य कुशलताको जति नै प्रशंसा गरेपनि कम हुन्छ ।

निर्देशक शाहको फेसबुक स्टाटस्मा लेखिएको छ- उच्च मनोवलकी धनी कुवँरलाई बचाउने हामी सबैको प्रयास सफल हुन सकेन । सधैं सम्झिरहनेछौं बिन्दु कुवँर हजुरलाई । हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजन प्रति हार्दिक समबेदना ।

क्यान्सर बिरुद्ध लामो समयदेखी लडिरहेकि सबैकी प्रिय बिन्दु कुवँर एक असल राष्ट्रसेवकको रुपमा परिचित थिइन् । हक्कि स्वभावकी बिन्दु महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत रहँदा होस्, महिला तथा बालबालिका कार्यालय जुम्ला तथा काठमाण्डौंमा रहेर काम गर्दा होस् उनले महिला तथा बालवालिका अधिकार, बाल संरक्षण र सिंगो सामाजिक रुपान्तरणका लागि कुवँरको उल्लेखनिय योग्दान रहेको छ । ईमान्दार, मिलनसार, नैतिकवान र कर्तब्यनिष्ठ राष्ट्रेवक कर्मचारीहरुको रुपमा कुवर २०१६ मा भएको Integrity Idol  को Finalist  हुन् सफल भएकी थिइन् । सक्रिय, ईमान्दार सामाजिक व्यक्तित्वको छबि बनाएकि कुवँरलाई २०६७ मंसिर २४ गते बासले बाँकेको असल कर्मचारीको रुपमा पनि सम्मान गरेको थियो ।

क्यान्सर रोगले पीडित भई उपचारमा समस्या भएपछि नेपालगञ्जमा बिन्दु कुवँर  उपचार सहयोगार्थ समिति गठन गरि सहयोग संकलन गरिएको थियो । संकलित ५ लाख ५४ हजार ४ सय ३६ रुपैयाँ २०७६ बैशाख २२ गते नेपालगन्जमा कुँवरलाई हस्तान्तरण गरिएको गैसस महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले बताए । उनका अनुसार, सहयोग हस्तान्तरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्ट धवल शम्शेर राणाले एक महिनाको तलब, भत्ता बाफतको रकम रु. ५० हजार कुवँरलाई सहयोग गरेका थिए ।

उच्च मनोवलकी धनी कुवँरलाई बचाउनका लागि गरेको सबैको प्रयास सफल हुन नसकको शाहको भनाइ छ ।

करिव ४ बर्ष देखि अस्वस्थ कुवँरलाई आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि उपचारमा सहयोग गर्नका लागि २०७५ माघ १० गते नेपालगञ्जमा बिन्दु कुवँर उपचार सहयोगार्थ समिति गठन गरिएको थियो । नेपालगञ्ज उद्योग बाणिज्य सँघकी पूर्व उपमहासचिव रचना श्रेष्ठको संयोजकत्वमा  गठित समितिको सहसंयोजकमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, सदस्य सचिवमा बाल अधिकारकर्मी साहिल अन्सारी रहेका थिए भने सदस्यहरुमा माईती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईराला, पश्चिम तारा नेपालकी परिना चौधरी, साना हातहरुकी संयोजक अम्बिका पुन, बाल अधिकारकर्मी श्वेता गुरुंग, नेपाल पत्रकार महासँघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुवेदी र अधिबक्ता सुनिल श्रेष्ठ रहेका थिए ।

  • २९ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech