कालिकोटमा टिप्पर दुर्घटना : २ मृत्यु, ३ वेपत्ता र २ जनाको अवस्था गम्भीर

असल शासन प्रतिनिधि

कालिकोटमा टिप्पर दुर्घटना : २ मृत्यु, ३ वेपत्ता र २ जनाको अवस्था गम्भीर

रमेश परियार
कालिकोट/कालिकोटको लालिघाटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १२ घाईते भएका छन् । ज्यान गुमाउनेहरुमा रास्कोट नगरपालिका २ का थम्कि सार्की र सर्मिला सार्की रहेका छन् भने घाईते दुईको अबस्था गंम्भिर रहेको छ ।

लकडाउनका कारण अलपत्र परी भारतको विभिन्न ठाउँबाट आएका स्थानीयलाई क्वारेन्टिनमा राख्न जिल्लाको रास्कोट नगरपालिका लैजादै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालिघाट बजार नजिकै बिहान ९ः३० बजे दुर्घटना भई टिप्पर कर्णाली नदिमा खसेको थियो ।

३९ जना यात्रु बोकेर रास्कोट तिर जादै गरेको टिप्पर दुर्घटना हुँदा २ जनाको ज्यान जानुका साथै १२ जना घाईते भएका छन् भने ३ जना नदिमा हराएका छन् र घाईतेहरूमा २ जनाको अवस्था गम्भीर रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रनारायण गैरेले बताए ।

सामान्य घाईतेहरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको छ भने गम्भरि घाईते २ दुईजनाको थप उपचारका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ । बेपत्ताको खोजी कार्य अझै जारी रहेको बताईएको छ ।

  • २९ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech