अछामको अबिश्मरणिय यात्रा

असल शासन प्रतिनिधि

– सुमि श्रेष्ठ- 
यो तस्बिरको पछाडि एउटा अद्भत कथा छ । यो तस्विरमा भएका महिलाहरु मध्ये कतिपय महिलाहरुले महिनावारी हुँदा प्याडनैं प्रयोग गर्दारहेनछन् । यस्ता महिलाहरुलाई हामीले फ्रिडम किट व्याग प्रदान गरेका छौं ।
फ्रिडम किट व्याग अर्थात स्वतन्त्रता किट झोला मात्र होइन महिलाहरू लागि स्वास्थ्य परिवर्तन र सुधार गर्ने माध्यम पनि हो । अछाम नेपालको सुदूर पश्चिम प्रदेशमा पर्दछ । यो नेपालको दुर्गम जिल्ला हो । अछामका गाउँ, गाउँमा जाने सडक बनेको धेरै भएको छैन ।
केही महिना अघि हामी काठमाडौं देखि नेपालगञ्ज सम्मको १५ घण्टे रात्री यात्रा गरेर पुगेपछि बासका कार्यकारी निर्देशक नमस्कार शाहसँग नेपालगञ्जबाट अछामको तुर्माखाँदको यात्रामा लाग्यौं । अलि ढिला नेपालगञ्जबाट हिँडेका कारण हामी सो दिन कमलबजार बस्यौं । पछिल्लो दिन बिहान मात्रै हामी तुर्माखाँद पुग्यौं । हामीलाई स्वागत गर्न आतुर स्थानीयहरुलाई देखेर हाम्रो थकान हराएर गयो ।
हामीले उक्त ठाउँमा हामीले २ दिन किट व्याग बितरणको कार्यक्रम गर्यौं । तुर्माखाँद र नाडामा ४ चरण गरेर २ सय ५० जना महिलाहरुलाई किट व्याग बितरण गर्यौं । यस अवधीमा मैले अछामको छाउपढी प्रथाको बारेमा थाहा पाएँ । पहिलेको तुलनामा निकै कम भएता पनि अझैं केही महिलाहरु छाउ गोठमैं बस्ने गरेको थाहा पाईयो । छाउगोठहरु भत्काईएका छन् तर छाउ गोठको मानसिकता अझैं भत्काउन समय लाग्ने अवस्था छ ।
अत्यन्तै आवश्यक भएको ठाउँमा किट व्याग बितरण गर्न पाउँदा हर्ष लागेको छ । किट व्यागको सहयोगबाट त्यहाँका महिलाहरुमा स्वतन्त्रता मिल्ने बिश्वास मैले लिएको छुँ ।

– काठमाण्डौं

  • २९ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech