बासद्धारा बालगृहलाई खाद्यान्न सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / जेठ ३२ । बास केन्द्रीय कार्यालयले नेपालगञ्ज स्थित समाज बिकास तथा प्रबद्र्धन केन्द्रद्वारा सञ्चालित बाल गृहलाई १० हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
बासकी केन्द्रीय सदस्य दिला शाहद्धारा स्थापना भएको मानदेवा परोपकारी अक्षय कोषबाट सो सहयोग प्रदान गरिएको हो ।
नेपालगन्ज स्थित समाज विकास तथा प्रबद्र्धन केन्द्रका अध्यक्ष मिन अर्याललाई बासका अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, मानदेवा परोपकारि अक्षय कोषकी संस्थापक तथा बासकी केन्द्रीय सदस्य दिला शाह, बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपाध्यक्ष लुना बुढाथोकीले संयुक्त रुपमा सो खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।
बास केन्द्रीय कार्यालयमा भएको हस्तान्तरण कार्यक्रममा चामल ३ बोरी, दाल १५ केजी, नून १० केजी, तेल १० लिटर, साबुन एक दर्जन, कोलगेट १० पिस र ब्रस १० पिस गरि १० हजारको सामाग्री हस्तान्तरण गरिएको हो ।
सामाग्री प्राप्त गरे पश्चात बोल्दै समाज विकास तथा प्रबद्र्धन केन्द्रका अध्यक्ष मिन अर्यालले बालगृह अहिलेको अवस्थामा निकै अप्ठेरोमा रहेका बेला भएकोे सहयोगले ठुलो राहत भएको प्रतिक्रिया दिए । उनले दानीलाई कहिल्यै हानी नहुने बताए ।
बासले अप्ठेरो परेका बेला बालगृहलाई सहयोग गर्दै आएको भन्दै लकडाउनका कारण बागृहलाई खाद्यान्न अभाव भएका बेला बासले गरेको सहयोगले गृहमा आश्रित बालबालिकाहरुका लागि महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा बोल्दै मानदेवा परोपकारी अक्षयकोषका सञ्चालक दिला शाहले अनाथ असहाय तथा बिपन्न ब्यक्तिहरुको सहयोग का लागि सञ्चालन गरिएको कोषबाट बागृहमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न पाएको खुसी लागेको बताईन् ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

  • ३२ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech