गजल

असल शासन प्रतिनिधि

भ्रष्टाचारी, दलालसंग मेरो रगत नदाँज

राष्ट्र प्रति उच्च सम्मान यसमा मत नदाज

सम्पन्नता भन्दा ठुलो सन्तुष्टि हो मित्र

तिम्रो महलसंग मेरो घरको छत नदाँँज

पागलपनमा चिरेका हौ राम्ररी थाहा छ

आमा बिनै लडेकि हु म संग खत नदाँज

मुना मदन लैला मज्नु जस्तै हाम्रो प्रेम

धोका दिने, खानेसंग शतप्रतिशत नदाँज

भट्टि सेकुवा मदिरा र साउनी देख्नै नहुने

मेरो राजकुमारसंग तिम्रो तुच्छ लत नदाँज

मुना बिष्ट

नेपालगनञ्ज

  • १ असार २०७७, सोमबार प्रकाशित

  • Nabintech