कुवँरको १३ औं पूण्यतिथीमा श्रद्धाञ्जली सभा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/महिला विकास अधिकृत बिन्दु कुँवरको १३ औं पूण्यतिथीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ ।
कुवँरका शुभचिन्तकहरुद्वारा नेपालगञ्ज उद्योग बाणिज्य संघको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित कुवँरको जेष्ठ २५ गते आईतवार काठमाडौंमा निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा कुवँरको व्यक्तित्व, सामाजिक योगदानका बारेमा चर्चा गर्दै कुवँर प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
बाल अधिकारकर्मी साहिल अन्सारीले सञ्चालन गरेको कार्यक्रममा कुवँरको सम्झनामा १ मिनेट मौन धारण गर्नुका साथै कार्यक्रमका सहभागिले कुवँरको तस्विरमा माल्यार्पण गरेका थिए ।

श्रद्धाञ्जली सभामा उपस्थित कुवँरका बुवा नवल सिंह कुवँर भावुक तरिकाले प्रश्तुत भए । उनले भने–मेरी छोरी घरकी मात्रै नभएर समाजकी गहना हो, आज उक्त गहना गुमाउनु परेको पीडा सहन नसक्ने छ । उनले छोरीकै कारण आफ्नो संघर्षपूर्ण जीवन सहज भएको उल्लेख गरे ।
श्रद्धाञ्जली सभामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले कुवँरको सामाजिक योगदानको जहिले कदर हुने बताए । गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले कुवँरको व्यक्तित्व बारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले लैंगिक हिंसा, बाल दुव्र्यवहार जस्ता समस्याका बिरुद्ध कुवँरले पुर्याएको योगदान सदा स्मरण हुने बताईन् ।


कुवँरकी समकक्षि कोहलपुुर नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखामा कार्यरत महिला बिकास अधिकृत घटना शाह र नेपालगञ्ज उद्योग बाणिज्य संघकी पूर्व उपमहासचिव रचना श्रेष्ठले कुवँरको निधनबाट मर्माहत भएको उल्लेख गर्दै कुवँरले समाजमा पुर्याएको योगदान कसैले भुल्न नसक्ने बताए ।


कार्यक्रममा बोल्दै प्रेस युनियन बाँकेका निबर्तमान अध्यक्ष तथा सुदुरपश्चिमेली समाजका महासचिव जयनारायण शाहले कुवँरको उच्च मनोवल, सामाजिक भावना, मिलनसार व्यवहारले सबैलाई प्रभावित पारेको उल्लेख गर्दै कुवँरको निधनबाट अपुरणिय क्षती भएको बताए ।


कार्यक्रममा समाजसेवी मिना श्रेष्ठ, मानव अधिकारका लागि महिला, एकल महिला समूहकी केन्द्रीय उपाध्यक्ष शोभा बि.सी., बाल अधिकारकर्मी सल्मान सल्मानी, अछामी सेवा समाजका अध्यक्ष टेक बहादुर खड्का, सुदुरपश्चिमेली समाजका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, शिक्षाबिद् किरण आचार्य, पश्चिम तारा नेपालकी अध्यक्ष परिना चौधरी, उच्च अदालत बार एसोसिएसनका अध्यक्ष बिकास आचार्य लगाएतले कुवँरको व्यक्तित्वका बारेमा बोलेका थिए ।
कार्यक्रमका सहभागिहरुले कुवँरको सामाजिक योगदानलाई अविश्मरणिय बनाउन अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
२०२८ साल पौष २९ गते बर्दियामा जन्मिएकी अछामी चेली कुवँरले २०५२ सालमा निजामति सेवामा प्रबेश गरेकि हुन् । २०५२ सालमा महिला बिकास कार्यालय अछामबाट सेवा आरम्भ गरेकी कुवँरले २०५४ सम्म अछाममा काम गरेकि थिईन् भने २०५४ देखि २०७३ सम्म अविछिन्न महिला बिकास कार्यालय, बाँकेमा कार्यरत रहँदै बाँकेबासीको मनमा बस्न सफल भएकि थिईन् । २०७३ देखि २०७४ साल सम्म महिला तथा बालबालिका कार्यालय जुम्लामा कार्यरत रहेकि थिईन् भने २०७४ देखि हाल सम्म महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत थिईन् । लामो समय महिला बिकास निरिक्षकको रुपमा कार्यरत कुवँरको पछिल्लो समय बढुवा भई महिला बिकास अधिकृतको रुपमा कार्यरत थिईन् ।


कुँवरलाई महिला तथा बालबालिका कार्यालय जुम्ला हुँदा क्यान्सर देखिएको थियो । क्यान्सर बिरुद्ध लामो समयदेखी लडिरहेकि सबैकी प्रिय बिन्दु कुवँर एक असल राष्ट्रसेवकको रुपमा परिचित थिइन् ।

हक्कि स्वभावकी बिन्दु महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत रहँदा होस्, महिला तथा बालबालिका कार्यालय जुम्ला तथा काठमाण्डौंमा रहेर काम गर्दा होस् उनले महिला तथा बालवालिका अधिकार, बाल संरक्षण र सिंगो सामाजिक रुपान्तरणका लागि कुवँरको उल्लेखनिय योग्दान रहेको छ । ईमान्दार, मिलनसार, नैतिकवान र कर्तब्यनिष्ठ राष्ट्रेवक कर्मचारीहरुको रुपमा कुवर २०१६ मा भएको Integrity Idol  को Finalist हुन सफल भएकी थिइन् । सक्रिय, ईमान्दार सामाजिक व्यक्तित्वको छबि बनाएकि कुवँरलाई २०६७ मंसिर २४ गते बासले बाँकेको असल कर्मचारीको रुपमा पनि सम्मान गरेको थियो ।

क्यान्सर रोगले पीडित भई उपचारमा समस्या भएपछि नेपालगञ्जमा बिन्दु कुँवर उपचार सहयोगार्थ समिति गठन गरि सहयोग संकलन गरिएको थियो । संकलित ५ लाख ५४ हजार ४ सय ३६ रुपैयाँ २०७६ बैशाख २२ गते नेपालगन्जमा कुँवरलाई हस्तान्तरण गरिएको गैसस महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले बताए । उनका अनुसार, सहयोग हस्तान्तरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्ट धवल शम्शेर राणाले एक महिनाको तलब, भत्ता बाफतको रकम रु. ५० हजार सहयोग गरेका थिए ।

उच्च मनोवलकी धनी कुवँरलाई बचाउनका लागि गरेको सबैको प्रयास सफल नभएपछि उनका शुभचिन्तकहरु शोकमग्न छन् ।
करिव ४ बर्ष देखि अस्वस्थ कुवँरलाई आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि उपचारमा सहयोग गर्नका लागि २०७५ माघ १० गते नेपालगञ्जमा बिन्दु कुवँर उपचार सहयोगार्थ समिति गठन गरिएको थियो ।

नेपालगञ्ज उद्योग बाणिज्य सँघकी पूर्व उपमहासचिव रचना श्रेष्ठको संयोजकत्वमा ९ गठित समितिको सहसंयोजकमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, सदस्य सचिवमा बाल अधिकारकर्मी साहिल अन्सारी चयन भएका छन् भने सदस्यहरुमा माईती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईराला, पश्चिम तारा नेपालकी परिना चौधरी, साना हातहरुकी संयोजक अम्बिका पुन, बाल अधिकारकर्मी श्वेता गुरुंग, नेपाल पत्रकार महासँघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुवेदी र अधिबक्ता सुनिल श्रेष्ठ रहेका थिए ।

  • ४ असार २०७७, बिहीबार प्रकाशित

  • Nabintech