नागरिक मुखी सेवा प्रवाह गर्ने प्रहरी प्रमुख रानाको प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज । प्रहरी उपरिक्षकको रुपमा बाँकेमा तिन दिन अघि मात्रै जिम्मेवारी सम्हालेका बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले आफ्नो पहिलो प्राथमिकता जिल्लाको शान्ति सुब्यवस्था र अमनचयन रहेको बताएका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन मार्फत प्रहरी प्रमुख रानाले १७ बुदें प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले नागरिकलाई छिटो, छरितो र नागरिक मुखी सेवा प्रवाहमा जोड दिने, खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध, चोरी निकासी तथा पैठारी नियन्त्रण गर्ने, घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, लुटपाट र कालोबजारी नियन्त्रण गर्ने, संठगित अपराध तथा गुण्डागर्दी नियन्त्रण गर्ने, प्राकृतिक श्रोत माथि भईरहेको दोहन नियन्त्रण गर्ने बताए । यसैगरी लागु औषध दुव्र्यसनी तथा ओसारपसार नियन्त्रणका लागि योजनाबद्ध रुपमा अगाडी बढ्ने लगायतका प्रतिबद्धता गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख रानाले जिल्लामा नागरिक मुखी सेवा प्रवाहमा जोड दिने योजना रहेको समेत बताए । यस अघि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बिर बहादुर वलीको प्रहरी युक्ति तालिम महाबिद्यालय, नवलपरासी सरुवा भएपछि राना जिल्लाको प्रहरी प्रमुखको रुपमा आएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी उपरिक्षक वीर बहादुर ओली को बिदाई तथा प्रहरी उपरीक्षक ओम बहादुर राना को स्वागत असार ५ गते गरेको थियो ।

  • ८ असार २०७७, सोमबार प्रकाशित

  • Nabintech