नेपालगञ्जमा भेटियो भगवान शिबको मुर्ती

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर ७ मा नाला खन्दा भगवान शिबको मुर्ती भेटिएको छ ।
बर्षा याममा नाला सफाई नभई डुवान हुने गरेका कारण पूर्व तयारी गर्दै डोजरले सबै नाला सरसफाई गर्ने क्रममा वडानम्वर ७ गगनगञ्ज नजिक उक्त मुर्ती भेटिएको हो ।
नालाको वरीपरि खेल्न गएका बालबालिकाहरुले सेतो टल्किने बस्तु देखेपछि अरुलाई खवर गरेको र सो ठाउँ गई हेर्दा मुर्ती भेटिएको बताईएको छ ।
नाला खन्ने क्रममा २ मिटर गहिरो नालामा २ फुट बराबरको उक्त रत्न जडीत मुर्ती भेटिएपछि स्थानीय तथा नाला सरफाईमा संलग्नहरुले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा लगाएतलाई खवर गरेका थिए ।
खवर पश्चात लगत्तै पुगेका राणाको रोहवरमा मुचुल्का उठाई सो मुर्ती नेपालगञ्ज वडा न ७ गगनगञ्ज स्थित रामजानकी मन्दिरमा राखिएको छ ।
चाँदीको आकर्षक मुर्तीभेटीएपछि आश्चर्य प्रकट गर्दै हेर्नेहरुको भिंड लागेको छ । दर्शनार्थीहरुले साक्षात शिबको दर्शन भएको उल्लेख गर्दै पुजा, आरधना गरिरहेका छन् ।

  • ११ असार २०७७, बिहीबार प्रकाशित

  • Nabintech