बाँकेमा मासुको मूल्य निर्धारण, मुल्य बृद्धि गरे कारवाही हुने

असल शासन प्रतिनिधि

नेपालगन्ज । मासु ब्यवसायिहरुले केही दिन यता मनोमानी रुपमा मासुजन्य पदार्थको मुल्य बृद्धि गरे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले मासुजन्य पदार्थको मूल्य निर्धाण गरि एकरुपता ल्याएकोछ ।
जिल्लामा मासु बिक्रि बितरणमा अत्यधिक मूल्य बृद्धि भएको भन्ने गुनासो आए पछि बिहिवार जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा भएको बैठकले मासुको मूल्य निर्धारण गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, मासु व्यावसायी, उपभोक्ता मञ्च लगायत सहभागि बैठकले अर्को निर्णय नहुँदासम्म खसिको मासु प्रति किलो ८ सय र कुखुराको मासु प्रतिकिलो ३ सय ५० रुपया कायम गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । यसैगरी बैठकले पशुपन्छि व्यावसायी, उपभोक्ता मञ्च, मासु व्यावसायी, पशुज्ञान केन्द्र लगायतको सहभागितामा मासुको मुल्य समायोजनको लागि एक अध्ययन समिति गठन गरेको छ ।मुल्य निर्धारण पश्चात पनि कसैले सो मुल्य भन्दा बढीमा बिक्रिगरेको पाईएमा कालोबजारी ऐन अन्तरगत कारवाही गरीने बैठकमा सहमती भएको बताईएको छ ।
बाँकेमा पछिल्लो समय खसिको मासु प्रति किलो १ हजार र कुखुराको मासु प्रतिकिलो ४ सय ५० सम्म बिक्रि वितरण भईरहेको थियो ।

  • १२ असार २०७७, शुक्रबार प्रकाशित

  • Nabintech