सकारात्मक सन्देह प्रवाह गर्नुपर्नेमा जोड

असल शासन प्रतिनिधि

नेपालगन्ज । बासको युवा लक्षित कार्यक्रम ईन्स्पाईरिङ्ग युथको १८१औं श्रृखला जुमबाट गरिएको छ ।
हरेक हप्ताको शुक्रबार एक घण्टा सञ्चालन हुदै आएको कार्यक्रमको असार १२ गतेको श्रृखलामा उत्प्रेरक तथा तालिम प्रशिक्षक उषा मल्ल सिहले युवा उत्प्रेरणा र युवाहरुको गन्तब्यका बिषयमा आफ्नो अनभव आदान प्रदान गरेकी थिईन् । छलफलको मुख्य बक्ताको रुपमा बोल्दै मल्लले कोरोना महामारिका कारण सिर्जना भएको असहज परिस्थीतिमा समेत युवाहरुले महत्वपूर्ण सामाजिक भूमिका निर्वाह गरेको बताईन् । अहिलेको अवस्थामा सकारात्मक सन्देस प्रवाह गर्नु महत्वपूर्ण हुने भन्दै उनले सबैलाई सकारात्मक कुराहरुको प्रचार गर्न अनुरोध गरिन । कुनै पनि ब्यक्तिको सफलताको लागि उसले गरेको जिवनको योजना महत्वपूर्ण हुने भन्दै लथ्य निर्धारणका लागि योजना बनाएर अगाडी बढ्न उनको अपिल थियो । उनले युवाहरुले नियमित रुपमा अपडेट भईरहनुपर्ने बताईन् ।
बासका निर्देशक हेमराज भट्टले होस्ट गरेको छलफलमा सहभागि लुना बुढाथोकी, खेम बिष्ट, शुष्मा नेपाल, शोभा थापा मगरलगायतले प्रश्न तथा जिज्ञासा राखेका थिए । बासले कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बिषम परिष्थीतिमा ईन्स्पाईरिङ्ग युथ कार्यक्रमलाई अनलाईनको माध्यमबाट गर्दै आएको छ ।

  • १२ असार २०७७, शुक्रबार प्रकाशित

  • Nabintech