रुपन्देहीको कोटहीमाईमा बासको उपशाखा गठन

असल शासन प्रतिनिधि

नेपालगन्ज ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको रुपन्देही स्थित कोटईमाई गााउपालिकामा उपशाखा गठन गरिएको छ ।
रुपन्देहीको बिकट क्षेत्रको रुपमा रहेको मर्चवार क्षेत्रमा बासले आफ्नो उपशाखा बिस्तार गरेको हो । पुर्व कृषि मंत्री
ओम् प्रकाश गुल्जारी , गाँउपालिका अध्यक्ष्य चन्द भूषण यादव बास रूपन्देही शाखाका अध्यक्ष इन्जिनियर बिरेन्द्र गुप्ता बास रुपन्देही शाखाका कार्यकारी निर्देशक विजया खत्री को उपस्थितीमा भएको कार्यक्रमले अनुरागनाथ शुक्लाको अध्यक्षतामा सात सदस्सीय उपशाखा गठन गरेको हो । यसरी गठित उपशाखाको उपाध्यक्षमा कृष्ण मोहन धरिकार, सचिबमा अजय कुमार मिश्र र कोषाध्यक्षमा अनिता त्रिपाठी चयन भएका छन् । यसैगरी उपशाखाको सदस्यहरुमा क्रमशः पूर्णिमा कुवंर, कमलेस कुमार उपाध्यक्ष र राम रतन बिश्वकर्मा चयन भएका छन् ।
कोटहीमाई गाँउपालिकाको सहयोगमा बासद्धारा सञ्चालीत सूचना केन्द्रमा भएको कार्यक्रममा बोल्दै कार्यक्रममा अतिथि पूर्व कृषि मन्त्री गुल्जारीले सुशासनको क्षेत्रमा बासले प्रशंसनिय कार्य गरेको बताएका थिए । उनले बासको अभियनमा पूर्णरुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् । यसैगरी कार्यक्रममा बोल्दै कोटहीमाई गाँउपालिकाका अध्यक्ष चन्द भुषण यादबले गाँउपालिकामा बासले सुशासन, सामाजिक सद्भाव तथा सूचना हक प्रबद्र्धनका लागि महत्वपूर्ण सहयोग पु¥याएको बताएका थिए । आगामी दिनमा पालिका तहमा सुशासन तथा सुचनाको हक प्रद्र्धनमा बाससँग मिलेर काम गर्ने अध्यक्ष यादबको भनाई थियो ।

  • १५ असार २०७७, सोमबार प्रकाशित

  • Nabintech