प्रशासनमा नागरिक सहायता कक्ष

असल शासन प्रतिनिधि

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके र बास केन्द्रीय कार्यालय नेपालगन्जको संयुक्त तत्वावधानमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थापना गरिएको सहायता कक्षको उद्घाटन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गले असार १५ गते गरेका हुन् ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुरुवाङ्गले कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहयोग गर्ने, नागरिकहरुका गुनासो सुनुवाई गर्ने उद्धेश्यले बासको सहकार्यमा हेल्पडेस्क स्थापना गरिएको बताए ।
उद्घाटन कार्यक्रमको समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहयोग गर्ने, कार्यालयले प्रदान गर्ने सेवा, सुविधा बारे जानकारी दिने, नागरिक गुनासोहरु सुनुवाई गर्ने उद्धेश्यले सञ्चालन गरिएको नागरिक सहायता कक्षमा जिल्ला प्रशासन कार्यालयबाट १ जना र बास केन्द्रीय कार्यालयबाट १ जना गरि २ जना कर्मचारीहरुले सेवा प्रवाह गर्ने ब्यवस्था गरिएको छ ।
डेस्क मार्फत सेवाग्राहीहरुलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउनुका साथै अपांगता, असक्त तथा जेष्ठ सेवाग्राहीहरुलाई प्राथमिकताका साथ सहयोग गरिनेछ ।

  • १५ असार २०७७, सोमबार प्रकाशित

  • Nabintech