कोरोना महामारीमा पारदर्शिता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोरोना भाईरसको महामारीको समयमा पारदर्शिता बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बास र एकाउण्टबिलिटि ल्यावको आयोजनामा असार १७ गते सो छलफल सम्पन्न भएको हो ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा बासका निर्देशक हेमराज भट्टले स्थानीय सरकारको पारदर्शिताका बारेमा बोलेका थिए । प्रदेश नम्वर ५ की साँसद कृष्णा के.सी. नमुनाले कोभिड १९ को कहरमा राहत कोष स्थापना गरि बाँकेका ८ वटै पालिकाहरु मार्फत सहयोग गर्नुका साथै नरैनापुर गाउँपालिका क्षेत्रमा पहिलो पटक बिद्युत सेवा पुर्याउन सफल भएको अनुभव सुनाईन् ।

सुर्खेतका गगन खड्का, डढेल्धुरका श्याम जोशी, बाँकेका मन भण्डारी, रुकुमका निशा गिरी लगाएतले स्थानीय सरकारको सुशासनका लागि भएका प्रयास र गर्नु पर्ने पहलका बारेमा बोलेका थिए । कार्यक्रममा २० बढिको सहभागिता रहेको थियो ।

  • १७ असार २०७७, बुधबार प्रकाशित

  • Nabintech